अफ्रिकाको यस्तो देश, जहाँ ५६ प्रतिशत जनसंख्या हिन्दू धर्मावलम्बी छन्-Sutra News

अफ्रिकाको यस्तो देश, जहाँ ५६ प्रतिशत जनसंख्या हिन्दू धर्मावलम्बी छन्

बुधबार, ५ जेष्ठ २०७८

बुधबार, ५ जेष्ठ २०७८

अफ्रिका महाद्वीपको दक्षिणी किनारामा पर्ने मरिसस भन्ने देशमा ५६ प्रतिशत हिन्दू नागरिक बसोबास गर्छन भन्ने सायद कमैलाई थाहा छ । तर तथ्य यही हो ।



संसारमा नेपाल र भारतपछि सबैभन्दा धेरै हिन्दुहरूको बसोबास भएको देश मरिसस हो । मरिसससँग नेपालको श्रम मन्त्रालयले श्रम सम्झौता गर्ने तयारी पनि गरिरहेको छ । मरिससमा हिन्दूपछि धेरै जनसंख्या क्रिश्चियनहरूको रहेको छ ।

लगभग २८ प्रतिशत जनसंख्या क्रिश्चियनको रहेको छ भने १५ प्रतिशत मुस्लिमको जनसंख्या रहेको छ । बौद्ध धर्म मान्नेहरू १ प्रतिशतको हाराहारीमा छन् । मरिससको संविधानले सबै धर्मको संरक्षण गर्ने नीति अपनाएको छ र भारतमा जस्तो धार्मिक विभेद देखिँदैन । जबकी भारतमा करीब ७० प्रतिशत हिन्दू र २५ प्रतिशत मुस्लिम बसोबास गर्छन् ।

नेपालमा भने हिन्दुहरूको जनसंख्या ८५ प्रतिशत भन्दा माथि छ । दक्षिण अफ्रिकाको यस सुन्दर टापु पर्यटकीय स्थल पनि हो । संसारभरबाट वर्षेनी लाखौं पर्यटकहरू मरिससको सुन्दरता हेर्न आउँछन् । यहाँ भगवान महादेवको अग्लो मूर्ति पनि रहेको छ भने हजारौं मन्दिर र मूर्तिहरू देख्न पाइन्छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट