अविवाहित महिला सबैभन्दा खुसी !-Sutra News

अविवाहित महिला सबैभन्दा खुसी !

बुधबार, २८ माघ २०७७

बुधबार, २८ माघ २०७७

एजेन्सी- दुनियाँमा को सबैभन्दा खुसी छन् ? यसको यकीन जवाफ छैन । तर, पछिल्लो एक नयाँ अध्ययनले अविवाहित महिलाहरु सबैभन्दा खुसी रहेको तथ्य फेला पारेको छ ।



शीर्ष मनोविश्लेषकहरूको नेतृत्वमा गरिएको अध्ययनले यस्तो निष्कर्ष निकालिएको हो । एक्लो जीवन बिताइरहेका, बालबच्चा नभएका महिलाहरु जसले घरेलु जिम्मेवारीको बोझ उठाइरहेका छैनन् ती विवाहित महिलाको तुलनामा अधिक स्वस्थ र लामो जीवन जीउने गरेको वेल्सस्थित प्रोफेसर डोलानले ठहर गरेका छन् ।

डोलान ‘लन्डन स्कुल अफ इकोनोमिस्क’ मा व्यवहारिक विज्ञानका शीर्ष विश्लेषक हुन् । यस्तोमा सबैभन्दा पछिल्लो डाटाले पनि ‘खुसी रहन र सुखी जीवन बिताउन विवाह र मातृत्व जस्ता सामाजिक सफलताका पारम्परिक उपाय नै अपनाउनु पर्छ भन्ने जरुरी नभएको’ संकेत गरेको उनले बताए ।

उनका अनुसार एक्लो रहनु सम्बन्धी समाजको नकारात्मक धारणाले गर्दा नै आज धेरै महिलाहरु बेखुसी छन् । उनले धेरै अभिभावकसँगको आफ्नो खुलस्त अन्तरक्रिया र विवाहबारे सामान्य अवस्थामा अध्ययन गरेपछि यस्तो तथ्य फेला पारेको बताएका हुन् ।

यसरी महिलाहरुमा एक्लो जीवन बिताउनुका फाइदाबारे यो पहिलोपटक उल्लेख गरिएको होइन । यसअघि पनि मनोविश्लेषकहरुले यस विषयमा प्रकाश पारिसकेका छन् ।

केही समय अगाडि मात्र इतिहासविद् डा.बब निकोल्सनले १८८९ को टिट–बिट्स म्यागजिनको कपी ट्वीटरमा पोस्ट गरेका थिए जुन १९ औँ शताब्दीमा एक्ला महिलाहरुले कस्तो महसुस गरिरहेका छन् भन्नेबारे रहेको थियो । यसमा ‘तपाईं उमेर कटिसकेपछि पनि किन एक्लो हुनुहुन्छ ?’ भन्ने प्रश्न गरिएको थियो ।

जसको जवाफमा त्यस बेलाका थुप्रै महिलाहरुले आफू एक्लो जीवनमै धेरै रमाउने गरेको भन्ने जस्ता टिप्पणी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट