नेकपाको कुन समूहलाई सघाउने भन्ने निर्णय लिन कांग्रेस बैठक जारी-Sutra News

नेकपाको कुन समूहलाई सघाउने भन्ने निर्णय लिन कांग्रेस बैठक जारी

मंगलबार, ६ माघ २०७७

मंगलबार, ६ माघ २०७७

काठमाडौं- प्रदेश नम्बर १ मा नेपाली कांग्रेस संसदीय दलको बैठक जारी छ । मंगलबारको बैठकबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली वा प्रचण्ड-माधव समूहमध्ये कुन पक्षलाई सघाउने भन्ने बारेमा निर्णय लिने एक सांसदले जानकारी दिए ।



जम्मा ९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा नेकपाका ६७ जना सांसद छन् । कांग्रेसको साथ नपाई नेकपाको दुवै पक्ष अविश्वासको प्रस्ताव पास या फेल गराउन नसक्ने अवस्थामा छन् । प्रदेश सभामा २१ सिट रहेको कांग्रेसले कसलाई समर्थन गर्ने भन्ने अहिलेसम्म आधिकारिक निर्णय सार्वजनिक गरिसकेको छैन ।

कांग्रेसले अविश्वास प्रस्तावको मतदानमा तटस्थ बस्यो भने प्रस्ताव फेल हुनेछ । तर, त्यसपछि एक महिनाभित्र मुख्यमन्त्री शेरधन राईले विश्वासको मत लिनु पर्नेछ ।

प्रस्ताव बहुमतले पास या फेल गर्न ४७ मत आवश्‍क पर्छ । प्रस्ताव पास या फेल गर्नेबारे नेकपाका दुवै समूह अल्पमतमा छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै उनीनिकट मुख्यमन्त्री राईविरुद्ध प्रचण्ड-माधव समूहका सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट