श्रीमतीको हत्या अभियोगमा एक जना पक्राउ-Sutra News

श्रीमतीको हत्या अभियोगमा एक जना पक्राउ

सोमबार, ५ माघ २०७७

सोमबार, ५ माघ २०७७

काठमाडौं- श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । श्रीमती ४६ वर्षीया श्रीमायाँ गोलेको हत्या अभियोगमा मकवानपुर गढी गाउँपालिका २ भालङटार बस्ने ४६ वर्षीय देवराज गोलेलाई प्रहरीले पक्राउ गरेको हो ।



श्रीमायाँ सोमबार बिहान आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी थिइन् । घटनाबारे थाहा पाएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले प्रारम्भिक अनुसन्धान गर्ने क्रममा देवराजको संलग्नता खुल्न आएको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट