प्रतिलिपी अधिकार उल्लंघन: प्रमोद खरेलले उजुरी दिएपछि विन्ध्यवासिनी म्युजिककी कार्यकारी प्रमुख पक्राउ-Sutra News

प्रतिलिपी अधिकार उल्लंघन: प्रमोद खरेलले उजुरी दिएपछि विन्ध्यवासिनी म्युजिककी कार्यकारी प्रमुख पक्राउ

मंगलबार, २८ पौस २०७७

मंगलबार, २८ पौस २०७७

काठमाडौं- बिन्दवासिनी म्युजिक कम्पनीकी कार्यकारी प्रमुख लिना शर्मा रेग्मी पक्राउ परेकी छन् ।



गायक प्रमोद खरेलले तीन दिनअघि आफ्नो प्रतिलिपी अधिकार हनन् भएको, सञ्चालकले आफ्नो मानहानी गरेको र करार उल्लंघन गरेको लगायतका विषयमा प्रहरीमा उजुरी दिएका थिए ।

साेही उजुरीका आधारमा प्रहरीले कार्यकारी प्रमुख रेग्मीलाई पक्राउ गरेको हो । बिन्दवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मीकी पत्नी हुन् ।

महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता प्रमेश विष्टका अनुसार लिनालाई साँझ ६ बजे धुम्वाराही आसपासबाट प्रक्राउ गरिएको हो ।

उनले प्रतिलिपी अधिकार हनन्को विषयमा प्रहरीसँग आएको उजुरीमाथि अनुसन्धान गरी आवश्यक प्रमाण जुटाउनका लागि रेग्मीलाई नियन्त्रणमा लिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट