दशैँमा दर्शकलाई सुनिल र एलिनाको ‘मसला’ (भिडियो)-Sutra News

दशैँमा दर्शकलाई सुनिल र एलिनाको ‘मसला’ (भिडियो)

शनिबार, ८ कार्तिक २०७७

शनिबार, ८ कार्तिक २०७७

काठमाडौं । प्रेम वियोगका सिर्जनामा रमाउने पप गायक सुनिल गिरीले आफ्ना दर्शकका लागि दशैँको कोसेली ‘मसला’ डान्सिगं गीतको भिडियो लिएर आएर छन् ।



कोरोना कहरको समयमा पनि संगीत सिर्जनामा निकै तल्लिन गायक गिरीले आफ्नै निर्देशनमा तयार पारेको ‘मसला’मा सुनिललाई स्वरमा साथ पछिल्लो समय चर्चित गायिका एलिना चौहानको स्वर रहेको छ ।

नयाँ अनुहारलाई मात्रै आफ्नो गीतमा स्थान दिने गायक गिरीले यसपटक भने चर्चित अनुहार सुधीर श्रेष्ठ, बुद्धि तामाङ, नायिका जेबिका कार्की र विशाल रेग्मीलाई आफ्नो भिडियोमा स्थान दिएका छन् ।

गायक स्वयमकै शब्द, संगीत र एरेन्ज रहेको गीतमा टिकटकबाट चर्चा कमाएका सुधीर र जेबिकाको जोडी गज्जब जमेको छ । सार्वजनिक गीतको कोरियोग्राफी सुरेन्द्र बसेलले गरेका हुन् ।

विकास दाहालको कलर र सम्पादन रहेको भिडियोको छायांकन चर्चित छायांकार हरि हुमागाईले गरेका हुन् । सुनिलकै कन्सेप्टमा तयार भएको मसला सुनिकै च्यान मार्फत सार्वजनिक गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट