शिव श्रेष्ठका छोरा र करिश्मा मानन्धरकी छोरीको अभिनय रहेको फिल्मको ‘टिजर’ सार्वजनिक-Sutra News

शिव श्रेष्ठका छोरा र करिश्मा मानन्धरकी छोरीको अभिनय रहेको फिल्मको ‘टिजर’ सार्वजनिक

शनिबार, १ कार्तिक २०७७

शनिबार, १ कार्तिक २०७७

काठमाडौं– चार दशक नेपाली चलचित्रमा योगदान दिएका कलाकार शिव श्रेष्ठको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’को दोस्रो टिजर रिलिज भएको छ।



शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ र करिश्मा मानन्धरकी छोरी कबिता मानन्धरको डेब्यू फिल्म भएकोले पनि फिल्मको चर्चा बढी छ।

कलाकार श्रेष्ठ आफैले कोभिड–१९ को विषम परिस्थिति र नेपाली फिल्म उद्योगमा निराशा छाएको समयमा फिल्मको रिलिजको लागि तयार भएर आउनुलाई नेपाली फिल्म उद्योगको आकाशमा मडारिएको कालो बादलमा चाँदीको घेरा देखिएको निर्देशक दिपेस सापकोटाको भनाइ छ।

२०७४ चैत्र ३० गते उपराष्टपति नन्दकिशोर पुनको उपस्तिथिमा शुभ मुहुर्त गरिएको फिल्मको २०७५ जेठ १ गते एक्सन टिजर रिलिज गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट