धुर्मुस सुन्तली फाउण्डेसनलाई तीन करोड-Sutra News

धुर्मुस सुन्तली फाउण्डेसनलाई तीन करोड

बुधबार, २१ असोज २०७७

बुधबार, २१ असोज २०७७

हेटौंडँ- धुर्मुस सुन्तली फाउण्डेसनद्वारा चितवनमा निर्माणाधीन क्रिकेट रंगशालाको लागि बागमती प्रदेश सरकारले रु तीन करोड रकम हस्तान्तरण गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौँडामा आज आयोजित कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलले फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल र उपाध्यक्ष कुन्जना घिमिरेलाई रु तीन करोड रकमको चेक हस्तान्तरण गरे।



कार्यक्रममा मुख्यमन्त्री पौडेलले धुर्मुस सुन्तलीले उत्साहका साथ काम गरेकामा प्रशंसा गर्दै रंगशाला निर्माणको गति तीब्र भएकामा खुसी व्यक्त गरे। उनले रंगशाला निर्माण परियोजना छिटो सक्नका लागि शुभकामना दिए। मुख्यमन्त्री पौडेलले रंगशाला निर्माणमा धेरै चुनौतीहरु रहेकाले सबै क्षेत्र मिलेर यसलाई सफल बनाउनुपर्ने उनको भनाइ थियो।

सामाजिक विकासमन्त्री युवराज दुलालले सरकारका तर्फबाट रंगशालालाई आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। फाउन्डेसनका अध्यक्ष कट्टेलले रंशाला निर्माणमा सरकारले सहयोग गरेकामा आभार व्यक्त गर्दै रंगशाला निर्माणमा हाल २३३ जनशक्तिले नियमित काम गरिरहेकाले छिटै सम्पन्न गरिने जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट