दैनिक चिया पिउनुका फाइदा (बनाउने तरिकासहित)-Sutra News

दैनिक चिया पिउनुका फाइदा (बनाउने तरिकासहित)

मंगलबार, ६ असोज २०७७

मंगलबार, ६ असोज २०७७

एजेन्सी- हरेक चिया प्रेमी स्विकार्छन्, दुनियाँमा यस्तो कुनै चिज छैन जसलाई एक कप चियाले व्यवस्थित गर्न नसकोस्। साथीभाइको पुर्नरमिलदेखि आफ्ना नजिकका मानिससँगको भेटघाटमा कहिल्यै नछुट्ने चिजमा पर्छ नेपाली समाजमा चिया। हरेक दिनको सुरुवातदेखि कुनै तनाव हुँदा एक कप चिया भयो भने मस्तिष्कबाट तनाव हट्छ भन्दा फरक पर्दैन्।



सामान्य रूपमा बनाइने चियामा केही जडिबुटी र अन्य केही मसला हाल्ने हो भने यसले तनावलाई हटाउने मात्रै नभएर स्वास्थ्यलाई पनि निकै सहयोग पुर्याउँछ।

स्वास्थ्य विज्ञका अनुसार जडिबुटी र मसला हालिएको चियाले विभिन्न रोगलाई निको पनि बनाउने गर्छ। विज्ञका अनुसार चियामा नेपाली परम्पराअनुसार प्रयोग हुँदै आएको तुलसीको पात र अश्वगन्धाको प्रयोगले चियाँलाई थप फाइदाजनक बनाउँछ।

नेपाली परम्परा अनुसार सदिऔंदेखि आयुर्वेदिक औषधिको रूपमा तुलसी र अश्वगन्धालाई प्रयोग गर्दै आइएको छ। यी दुई जडिबुटीलाई काँडाको रूपमा पनि प्रयोग गरिन्छ।

अर्कातिर, चियामा यसको प्रयोग गर्ने हो भने मोटोपना, तनाव तथा मुडस्विफ्टजस्ता समस्यालाई पनि यसले व्यवस्थित गर्छ। साथै यसले शरीरमा भएका हमोर्नलाई पनि ठीक मात्रामा उत्पादन र व्यवस्थापन गर्छ।

ग्रिन टीको रूपमा तुलसी र अश्वगन्धाको प्रयोग गरेर हर्बल चिया पिउने हो भने दिनभरको तनाव र थकानलाई यसले हटाउने गर्छ। तुलसीले तनाव बढाउन हाम्रो शरीरमा उत्पादन हुने हर्मोनलाई व्यवस्थापन गर्छ। जर्नल अफ आयुर्वेदा एण्ड ईन्टिग्रेटिभ मेडिसिनमा प्रकाशित एक लेखका अनुसार तुलसीको प्रयोगले डिप्रेसन तथा एन्जाईटीजस्ता समस्यालाई पनि समाधान तथा कम गर्छ।

अश्वगन्धाले पनि स्ट्रेसलाई कम गर्ने विज्ञहरु बताउँछन्। भारतीय पोषणविद् रुपाली दत्तका अनुसार यो जडिबुटीले डिप्रेसन, एन्जाईटीसँगै चाडै बुढो देखिने समस्यालाई पनि समाधान गर्छ। फाइदाजनक तुलसी र अश्वगन्धालाई ग्रिन टी वा चियामा प्रयोग गर्दा यसले शरिरको पाचन प्रणालीदेखि रोग प्रतिरोधात्मक क्षमतासँगै मोटोपनालाई पनि व्यवस्थापन गर्छ।

जापानको सिजुओका विश्वविद्यालयले गरेको अध्ययनका अनुसार तुलसी र अश्वगन्धा मिश्रित ग्रिन टीको प्रयोग गर्ने विद्यार्थीमा तनाव कम देखिएको थियो। तुलसी र अश्वगन्धाको प्रयोगबाट बनाइएको ग्रिन टीले शरीरमा थिएनाइनको मात्रा बढाउने हुँदा स्ट्रेस र एन्जाईटीसँग लड्न मद्दत गर्ने उक्त अनुसन्धानमा उल्लेख छ।

कसरी बनाउने अश्वगन्धा र तुलसी मिश्रित चिया?

आवश्यक सामग्री

१.५ कप पानी

आधा चम्चा अश्वगन्धाको जरा

३–४ वटा तुलसीको पत्ता

१ चम्चा ग्रिन टी

बनाउने तरिका 

पानीलाई २–३ मिनेटसम्म उमाल्ने

आगो निभाएर पानीमा ग्रिन टी, तुलसीको पत्ता र अश्वगन्धाको जरा राख्ने

भाँडालाई १० मिनेटसम्म छोप्ने अनि 
कपमा राखेर पिउने।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट