नेपाली बजारमा इन्फिनिक्सको ‘हट९ प्ले’, यस्ता छन् फिचर-Sutra News

नेपाली बजारमा इन्फिनिक्सको ‘हट९ प्ले’, यस्ता छन् फिचर

मंगलबार, ९ भाद्र २०७७

मंगलबार, ९ भाद्र २०७७

काठमाडौं- आफूलाई प्रिमियम ब्रान्ड दाबी गर्ने इन्फिनिक्सले नेपाली बजारमा नयाँ स्मार्टफोन ‘हट९ प्ले’ सार्वजनिक गरेको छ। नेपालमा इन्फिनिक्सका लागि नवनियुक्त राष्ट्रिय वितरक ओला इलेक्ट्रोनिक्स प्रालिले सो फोन बजारमा ल्याएको हो।



कम्पनीका अनुसार ६ हजार एमएएच ब्याट्री यो फोनको मुख्य विशेषता हो। यस्तै ६ दशमलव ८२ इन्च डिस्प्ले, माइक्रो एसडी कार्ड स्लट, ४ जीबी र्‍याम र ६४ जीबी स्टोरेज ‘हट९ प्ले’ मा छ।

त्यसैगरी दुबैपट्टिको क्यामेरा १३-१३ मेगापिक्सेलको छ। त्यसमध्ये मुख्य क्यामेरामा त्रिपल लिड छ भने फ्रन्ट क्यामेरामा फ्लास पनि छ। यो फोन भ्वाइलेट, ओसन वेभ, क्वीटजल सायन र मिडनाइट ब्लाक गरी ४ ओटा रंगमा उपलब्ध छ।

यो फोन नेपाली बजारमा १४ हजार ४९० रुपैयाँमा उपलब्ध रहेको कम्पनीले बताएको छ। यो फोनको अर्को संस्करणको मूल्य भने ११ हजार ४९० रुपैयाँ तोकिएको छ। सो फोनमा २ जीबी र्‍याम र ३२ जीबी स्टोरेज छ।

‘हट९ प्ले’को मुख्य ई-कमर्श पार्टनर दराज हो भने देशभरका वितरण च्यानलहरूमा उपलब्ध रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट