सुनको भाउ पुन : वृद्धि-Sutra News

सुनको भाउ पुन : वृद्धि

मंगलबार, १६ भाद्र २०७७

मंगलबार, १६ भाद्र २०७७

काठमाडौं– सुनचाँदीको भाउ बढेको छ। सोमबारको तुलनामा मंगलबार छापावाला सुनको भाउ नौंसयले बढेर ९८ हजार चार सय रुपैयाँ कायम भएको छ। सोमबार यसको भाउ ९७ हजार पाँचसय रुपैयाँ थियो।



यता तेजावी सुनको भाउ पनि नौंसय रुपैयाँले नै बढेर ९७ हजार नौं सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। सोमबार यसको भाउ ९७ हजार रुपैयाँ थियो।

यता चाँदीको मूल्य ३५ ले बढेर एक हजार तीन सय ९५ रुपैयाँ कायम भएको छ। सोमबार यसको भाउ एक हजार तीन सय ६५ रुपैयाँ थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट