भदौभर आन्तरिक उडान तथा लामो दूरीका यातायात सञ्चालन नहुने-Sutra News

भदौभर आन्तरिक उडान तथा लामो दूरीका यातायात सञ्चालन नहुने

आइतबार, १४ भाद्र २०७७

आइतबार, १४ भाद्र २०७७

काठमाडौं– सरकारले कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै आन्तरिक उडान र लामो दूरीको यातायात भदौ मसान्तसम्म नखोल्ने निर्णय गरेको छ। आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।



यसअघि भदौ १५ सम्मका लागि गरेको स्थगनलाई लम्बाएर भदौभर निरन्तरता दिने निर्णय गरेको सूत्रन्यूजसँग एक मन्त्रीले बताए ।

कोरोना संक्रमण बढ्दै गएपछि यतिखेर देशका विभिन्न जिल्लामा सरकारले निषेधाज्ञा गरेको छ । काठमाडौं उपत्यकामा मात्र भदौ १७ गतेसम्म निषेधाज्ञा छ।

पछिल्लो २४ घन्टामामात्रै नेपालमा १ हजार २२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभरि गरिएको पीसीआर परीक्षणबाट यी संक्रमित देखिएको आइतबार स्वास्थ्य मन्त्रालयले ब्रिफिङमा जानकारी दिएको थियो। योसँगै कोरोना संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको छ।

त्यस्तै हालसम्म २० हजार ८२२ जना कोरोनामुक्त भएका छन्। आइतबार थप २६७ जना कोरोनामुक्त भएका थिए।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट