समस्याका बावजुद सेयर बजारको उकालो यात्रा -Sutra News

समस्याका बावजुद सेयर बजारको उकालो यात्रा 

आइतबार, १४ भाद्र २०७७

आइतबार, १४ भाद्र २०७७

काठमाडौं- हप्ताको पहिलो दिन आइतबार नेप्से सूचक ४.६४ अंकले उकालो लागेको छ। आज नेप्सेको कारोबार खुला हुने वित्तिकै अनलाइन कारोबार प्रणाली (टिएमएस)मा समस्याका देखिएको थियो।



समयमा टिएमएस नखुल्नु र खरिद-बिक्री आदेश प्रविष्ट गरेका लगानीकर्ताहरुको आदेश आफैँ दोहोरो तेहोरो हुन जाने जस्ता समस्याहरु देखिएको थियो। यो समस्या देखिएपछि नेप्सेले कारोबार नै स्थगित गरको थियो।

समस्या समाधान भएपछि ३:१५ देखि ५:१५ सम्म नेप्सेले दोस्रो बजारको कारोबार पुनः सुचारु गरेको थियो। कारोबार स्थगित हुनुअघि करिब ५० करोडको कारोबार भएको बजारमा कारोबार पुनः सुचारु भएपश्चात् १ अर्बभन्दा बढीको सेयर कारोबार भएको छ।

नेप्से परिसूचक उकालो लागेपनि आज सेन्सेटिभ इण्डेक्स ०.८० अंकले घटेको छ। १८६ कम्पनीको ३३ हजार ९७३ पटकको कारोबारमा १ अर्ब ६१ करोड ४५ लाख ५४ हजार रुपैयाँ बराबरको भएको छ। आज ३६ लाख ८५ हजार कित्ता सेयर खरिद-बिक्री भएको छन्।

एनआरएन इन्फ्रास्टक्चरको सेयरमूल्यमा निरन्तर तेस्रो कारोबार दिन सकारात्मक सर्किट लागेको छ। यस दिन सो कम्पनीको सेयरमूल्य ३६ रुपैयाँ बढेर ४०५ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

त्यसैगरी, यस दिन नेपाल पुनर्बीमा कम्पनी र सिद्धार्थ इन्स्योरेन्सको सेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने उन्नती सहकार्य, हिमालयन पावर पार्टनर र अरुण काबेली पावरको सेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको तारागाउँ रिजेन्सी होटलको सेयरमूल्य सर्वाधिक ५.१६ प्रतिशत घटेको छ।

आइतबार कारोबारमा आएका १२ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक घटेको छ भने बाँकी ९ उपसमूहको परिसूचक बढेको छ। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक ३.०८ प्रतिशत बढेको छ। त्यसैगरी, व्यापार उपसमूहको परिसूचक २.१ प्रतिशत र निर्जीवन बीमाको १.३१ प्रतिशत बढेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३४ करोड ३२ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट