सुनचाँदी व्यवसायी मञ्चद्वारा पदाधिकारीसहित साधारण सदस्यलाई रु. १ लाखको कोरोना बिमा-Sutra News

सुनचाँदी व्यवसायी मञ्चद्वारा पदाधिकारीसहित साधारण सदस्यलाई रु. १ लाखको कोरोना बिमा

आइतबार, १४ भाद्र २०७७

आइतबार, १४ भाद्र २०७७

काठमाडौं- नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चले पदाधिकारीसहित साधारण सदस्यहरूको कोरोना बिमा गरेको छ। मञ्चमा आवद्ध १४० जनाको एक लाखको निःशुल्क बिमा गरिएको मञ्चका केन्द्रीय अध्यक्ष गणेशप्रसाद लकान्द्रीले जानकारी दिए।



‘जुनसुकै बेला जो कोही पनि कोरोना संक्रमित हुने सक्ने भएकाले आर्थिक सुरक्षाका लागि बिमा योजना ल्याइएको हो,’ अध्यक्ष लकान्द्रीले भने, ‘मञ्चका पदाधिकारी, सदस्य तथा व्यवसायीलाई यस जटिल परिस्थितिमा सुरक्षित अनुभूति गराउन यो कार्यक्रम ल्याएका हौं।’

कोरोना भाइरसको विश्वव्यापी माहामारी बढ्दै गएकाले मञ्चामा गोलबद्ध सबैको सुरक्षाका लागि बिमा कार्यक्रम आवश्यकता रहेको जानकारी दिंदै अध्यक्ष लकान्द्रीले कोरोना संक्रमणको अवस्था हेरेर मञ्चले थप कार्यक्रम ल्याउने पनि बताए। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट