भ्रामक समाचारको खण्डन गर्दै कुलमानले भने- लोडसेडिङ एक जना व्यक्तिको प्रयासबाट अन्त्य भएको होइन-Sutra News

भ्रामक समाचारको खण्डन गर्दै कुलमानले भने- लोडसेडिङ एक जना व्यक्तिको प्रयासबाट अन्त्य भएको होइन

बिहिबार, ११ भाद्र २०७७

बिहिबार, ११ भाद्र २०७७

काठमाडौं- नेपाल विद्युत प्राधिकरएणका कार्यकारी निर्देशक कुलमान घिसिङले एक जना व्यक्तिको प्रयासबाट मात्रै लोडसेडिङ अन्त्य नभएको प्रस्ट पारेका छन्। पछिल्लो समय सामाजिक सञ्जालमा चर्को टिकाटिप्पण हुन थालेपछि घिसिङले प्रेस विज्ञप्ति जारी गर्दै भ्रामक सूचना सम्प्रेषण दगरिदिन आग्रहसमेत गरेका छन्।



उनले आफू २९ भदौ २०७३ मा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा ४ वर्षका लागि नियुक्त भएको स्मरण गर्दै नेपाल सरकारको पूर्ण स्वामित्वको संस्था भएकाले सम्माननीय प्रधानमन्त्री नेतृत्वको सरकारको निर्देशन एवं मार्गदर्शन र नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमार्फत् यस अवधिमा केही उल्लेखनीय उपलब्धीहरु हासिल भएको उल्लेख गरेका छन्।

‘लोडसेडिङको अन्त्य गरी उज्यालो नेपाल बनाउन, वित्तीय तथा प्रशासनिक सुधार गरी प्राधिकरणलाई नाफामूलक, सबल, सक्षम तथा प्रतिश्पर्धी संस्था बनाउन सम्माननीय प्रधानमन्त्री र माननीय ऊर्जा मन्त्रीको निर्देशन एवं मार्गदर्शन, प्रशासनिक संयन्त्र, अहोरात्र खटिने कर्मचारीहरु र आम उपभोक्ताको निरन्तरको सहयोग र हौसला नपाएको भए एकजना व्यक्तिको प्रयासबाट मात्रै लोडसेडिङको अन्त्य, संस्थालाई मुनाफामा लैजाने लगायतका उपलब्धीहरु हासिल गर्न सम्भव थिएन,’ विज्ञप्तिमा उनले भनेका छन्।

उनले सबै नेपालीको घरमा उज्यालो पुर्‍याउने, ऊर्जा खपत बढाउने, उपभोक्तालाई गुणस्तरीय, भरपर्दो तथा पर्याप्त विद्युत् उपलब्ध गराउने, प्राधिकरणभित्र सुशासन कायम गर्दै प्रभावकारी सेवा सञ्चालन गर्न प्रणालीलाई स्वचालित र डिजिटलाइजेसन गर्ने, नेपालको पानी जनताको लगानी हरेक घर विद्युतको शेयरधनी कार्यक्रमको प्रभाकारी कार्यन्वयन गर्ने, ठूला जलविद्युत तथा प्रसारण लाइन आयोजनाहरुको निर्माण गर्नेलगायतका नेपाल सरकारका नीति तथा कार्यक्रमको कार्यान्वयन गर्न प्राधिकरण निरन्तर क्रियाशील रहेको जानकारीसमेत गराएका छन्।

उनले आफ्नो पुनर्नियुक्तिको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीर ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनलाई जोडेर भ्रामक समाचार सम्प्रेषण नगर्द आग्रहसमेत गरेको छ।

‘मेरो अर्को कार्यकालको पुनर्नियुक्तिका विषयलाई लिएर सम्मानीय प्रधानमन्त्री, माननीय ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री र मलाई जोडेर आधार तथा तथ्यहीन गलत सूचना तथा समाचार सम्प्रेषण नगरिदिनु हुन अनुरोध गर्दछु,’ विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट