बिहीबार नेप्सेमा सामान्य गिरावट-Sutra News

बिहीबार नेप्सेमा सामान्य गिरावट

बिहिबार, ११ भाद्र २०७७

बिहिबार, ११ भाद्र २०७७

काठमाडौं- सेयर बजार बिहीबार सामान्य घटेको छ। नेप्से सूचक बिहीबार ४ अंकले घटेर १४५८.०४ विन्दुमा अडिएको छ। १८८ कम्पनीको १ अर्ब ९८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। कूल ४९ लाख ६७ हजार ४०३ कित्ता सेयर खरिदबिक्री भएका छन्।



खरिदबिक्री भएकामध्ये ३ समूहको सूचक बढेको छ भने बाँकी समूहका सूचक तल झरेका छन्। वाणिज्य बैंक समूहको सूचक ४.०६ अंकले घटेको छ।

यस दिन एनआरएन इन्फ्रास्टक्चरको भाउ सबैभन्दा धेरै ९.८२ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै सामुदायिक लघुवित्तको भाउ ४.०७ प्रतिशतले घटेको छ। खरिदबिक्री रकममा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा रहेको नेप्सेले जानकारी दिएको छ। यसको २३ करोड १२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट