बुधबार पनि सेयर बजार सकारात्मक-Sutra News

बुधबार पनि सेयर बजार सकारात्मक

बुधबार, १० भाद्र २०७७

बुधबार, १० भाद्र २०७७

काठमाडौं- सेयर बजारले यस हप्ता लगातार उकालो यात्रा तय गरेको छ। बुधबार नेप्से सूचक २१.१० अंकले बढेर १४६२.०३ बिन्दुमा पुगेको छ।



आज १८६ कम्पनीको २ अर्ब ६५ करोड ६१ लाख ६३ हजार ७३० रुपैयाँको कारोबार भएको छ। यता ५८ लाख ८२ हजार १०१ कित्ता सेयर कारोबार भएको छ।

खरिदबिक्री भएकामध्ये २ वटा बाहेक बाँकी सबै समूहका सूचक बढेका छन्। वाणिज्य बैंक समूहमा २२.९३ अंकको तेजी आएको छ। नेपाल पुनर्बिमा कम्पनी, नेको इन्सुरेन्स र नेपाल लाइफ इन्सुरेन्स खरिदबिक्री धेरै हुनेमा क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा परेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट