सुनको मूल्यमा लगातार गिरावट-Sutra News

सुनको मूल्यमा लगातार गिरावट

बुधबार, १० भाद्र २०७७

बुधबार, १० भाद्र २०७७

काठमाडौं–सुनको मूल्य बुधबार पनि ओरालो लागेको छ। मंगलबारको तुलनामा बुधबार छापावाला सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेर ९६ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन यसको मूल्य प्रतितोला ९७ हजार दुई सय रुपैयाँ थियो।



यस्तै बुधवार तेजावी सुनको मूल्य पनि प्रतितोला चार सय रुपैयाँले नै घटेर ९६ हजार तिन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। यता चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर १ हजार तिन सय १० रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट