सेयर बजारमा निषेधाज्ञाको मनोवैज्ञानिक त्रास हाबी-Sutra News

सेयर बजारमा निषेधाज्ञाको मनोवैज्ञानिक त्रास हाबी

बुधबार, ३ भाद्र २०७७

बुधबार, ३ भाद्र २०७७

काठमाडौं- बुधबार सेयर बजारले ओरालो यात्रा तय गरेको छ। बुधबार सेयर बजार १६.६० अंकले घटेर १३९१.२९ बिन्दुमा आएर रोकिएको छ। सरकारले आज राति १२ बजे देखि काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा गर्ने भएको छ। यसको मनोवैज्ञानिक असर लगानीकर्ताहरुमा परेकाले बजार घटेको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष्य छोटेलाल रौनियारले बताए।



सेयर बजार भने निषेधाज्ञा समयमा पनि बन्द नहुने धितोपत्र बोर्डका कार्यकारी अधिकृत निरज गिरीले जानकारी दिएका छन्। अहिले सेयर बजारमा अनलाइन कारोबार गर्नेहरुको संख्या बढदै गइरहेको छ। हालसम्म २ लाख ७८ हजार १०१ जना लगानीकर्ताहरूमध्ये अनलाइन माध्यमबाट सेयर कारोबार गर्ने लगानीकर्ताको संख्या ५७ हजार १५६ रहेका छ।

गत असार २८ गतेसम्म कूल ३१ हजार ९८८ जना सेयर लगानीकर्ताले अनलाइन कारोबारका लागि ‘युजर पासवर्ड’ लिएका थिए। सो संख्यामा वृद्धि भएर ५७ हजार १५६ पुगेको हो। साउन महिना लागेयता ७८ प्रतिशतले अनलाइन सेवा प्रयोग गरेका छन्।

धितोपत्र बोर्डले नयाँ आर्थिक वर्ष सुरु भएयता अनलाइन सेयर कारोबारलाई जोड दिँदै आएको थियो। धितोपत्र बोर्डले लगानीकर्ताहरुलाई खाताको सेयर र रकम ट्रान्सफर गर्दा विद्युतीय माध्यमको प्रयोग गर्न प्रोत्साहित गरेको थियो। यसकारण पनि अब सेयर बजार बन्द नहुने उनले बताए।

सेयर बजार बन्द नभए पनि बजारमा नकारात्मक असर नपर्ने रौनियारले बताए। सेयर कारोबार अनलाइन प्रणालीमार्फत् कारोबार गर्न सजिलो भएकाले बजार बन्द हुँदा आत्तिनुनपर्ने उनले बताएका छन्। 

कूल १८५ कम्पनीको ९७ करोड ६२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। २४ लाख ७४ हजार ३२९ कित्ता सेयर खरिद-बिक्री भएको छ। खरिद-बिक्री भएका सबै समूहका सूचक तल झरेका छन्। सबैभन्दा धेरै जीवन बीमा समूहको १३६.५९ अंकले तल झरेको छ।

वाणिज्य बैंक समूहको सूचक पनि १५.१२ अंकले घटेको छ। यसदिन समृद्धि फाइनान्सको भाउ १० प्रतिशतले बढेको छ। यता, प्रिमियर इन्सुरेन्सको भाउ सबैभन्दा धेरै ३.८० प्रतिशतले घटेको छ। खरिद-बिक्री रकममा नागरिक लगानी कोष अग्रस्थानमा रहेको छ। यसको ७ करोड ९५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट