कोरोना संक्रमित इन्जिनियरसँग बैठक गरेका गभर्नर अधिकारी ‘सेल्फ क्वारेन्टीन’मा-Sutra News

कोरोना संक्रमित इन्जिनियरसँग बैठक गरेका गभर्नर अधिकारी ‘सेल्फ क्वारेन्टीन’मा

सोमबार, १ भाद्र २०७७

सोमबार, १ भाद्र २०७७

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी ‘सेल्फ क्वारेन्टीन’मा बसेका छन्।



एकै बैठकमा बसेका इन्जिनियरलाई कोरोना संक्रमण पुष्टि भएपछि अधिकारी भैँसेपाटीस्थित आफ्नै निवासमा क्वारेन्टीनमा बसेका हुन्।

‘बैंकको केन्द्रीय कार्यालयको सामान्य सेवा विभागका एकजना इञ्जिनियरलाई बिहीबार कोरोना पुष्टि भएपछि उहाँ सेल्फ क्वारेन्टीनमा बस्नुभएको हो,’ राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले भने, ‘गभर्नरज्यु उहाँसँगै बैठकमा बस्नुभएको थियो।’

उनका अनुसार दुई दिनअघि आफ्नै कार्यालयमा भएको निर्माणसम्बन्धी विषयमा संक्रमित इन्जिनियरसँग लामो छलफल र प्रत्यक्ष कुराकानी गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट