इफार्मेसी सेवा ल्याउँदै अमाजोन-Sutra News

इफार्मेसी सेवा ल्याउँदै अमाजोन

शुक्रबार, ३० साउन २०७७

शुक्रबार, ३० साउन २०७७

एजेन्सी–विश्वको सबैभन्दा ठूलो इकमर्स कम्पनी अमाजोन आइएनसीले भारतमा अनलाइन फार्मेसी ल्याउने भएको छ। अमाजोनले शुक्रबार अनलाइन फार्मेसी ल्याउने र यसले भारतको बैंगलोर क्षेत्रलाई लक्षित गर्ने घोषणा गरेको छ।



‘अमाजोन फार्मेसी’ नाम दिइएको उक्त कम्पनीले प्रेस्क्रिप्सन अनुसारका औषधी, स्वास्थ्यका सामग्री तथा भारतका परम्परागत हर्बल ओषधि बेच्ने घोषणा गरेको छ। कम्पनीले नयाँ सुविधा सुरु गर्ने बताए पनि कुन मितिबाट सुचारु गर्ने भन्ने सूचना भने जारी गरेको छैन ।

भारतमा भने अनलाइनमार्फत् औषधिको बिक्री वितरण गर्न वा ई.फार्मेसी सञ्चालन गर्नलाई कुनै पनि नीति निर्णय गरेको छैन तर पनि हाल मेडलाइफ, नेटमेड्सलगायतका अनलाइन बिक्रीका माध्यमहरू सञ्चालनमा छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट