कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु-Sutra News

कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु

शुक्रबार, २३ साउन २०७७

शुक्रबार, २३ साउन २०७७

काठमाडौं- नेपालमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ।



यससँगै मृत्यु हुनेको संख्या हालसम्म ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज मृत्यु हुनेमा तीन जना पर्सा र दुई जना सिरहा जिल्लाका रहेका छन्।

मन्त्रालयका अनुसार वीरगन्ज माईस्थानका ४५ वर्षीय व्यक्तिको बिहीबार पाटन स्वास्थ्य विज्ञान अस्पतालमा मृत्यु भएको हो। श्वासप्रश्वासमा समस्या भई स्टार अस्पतालमा उपचाररत उनमा साउन १७ गते कोभिड पुष्टि भएको थियो ।

त्यसैगरी वीरगन्ज श्रीपुरका ७९ वर्षीय पुरुषको साउन २० गते घरमै मृत्यु भएको थियो। उनको २१ गते कोभिड पुष्टि भएको थियो।

सिराहा वसन्तपुरका ४५ वर्षीय व्यक्तिको पाटन अस्पतालमा साउन २३ गते बिहान मृत्यु भएको हो । उनलाई बिहान कोभिड पुष्टि भएको थियो।

सिराहा गोलबजारका २५ वर्षीय युवकको धरानस्थित बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा साउन २२ गते राति मृत्यु भएको हो। डाइलासिसका लागि जनकपुर अस्पतालमा ल्याइएको उनलाई २१ गते संक्रमण पुष्टि भएको थियो।

वीरगन्ज श्रीपुरका ४७ वर्षीय पुरुषको साउन २२ गते गण्डक अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको थियो। मधुमेशका रोगी उनी श्वासप्रश्वासमा समस्या देखिएपछिसाउन २० गते अस्पतालमा भर्ना भएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट