कोभिड–१९ का कारण २२.५ प्रतिशत कर्मचारी र कामदारले गुमाए रोजगारी-Sutra News

कोभिड–१९ का कारण २२.५ प्रतिशत कर्मचारी र कामदारले गुमाए रोजगारी

बिहिबार, २२ साउन २०७७

बिहिबार, २२ साउन २०७७

काठमाडौं–कोभिड–१९ संक्रमण फैलन नदिन गरिएको लकडाउनपछि विभिन्न क्षेत्रका एक चौथाई कर्मचारी र कामदारले रोजगारी गुमाएको नेपाल राष्ट्र बैंकको एक अध्यनले बताएको छ ।



बुधबार सार्वजनिक ‘कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी सर्वेक्षण प्रतिवेदन’ अनुसार व्यावसायीहरूले २२.५ प्रतिशत कर्मचारी कटौती गरेका छन्।

यो सर्वेक्षण ५२ जिल्लाका ६७४ व्यवसायीमा गरिएको हो । सहभागीहरूले २६ असारदेखि १० साउनबीचमा अनलाइनमार्फत् सर्वेक्षण फारम भरेका थिए । अध्ययनअनुसार जागिर गुमाएकामध्ये ७०.६ प्रतिशत अस्थायी तथा करारका कर्मचारीरकामदार छन्।

यस्तै, सबैभन्दा बढी अर्थात ४० प्रतिशत भन्दा बढी जागिर गुमाउनेहरू होटल तथा रेष्टुरेन्ट क्षेत्रका छन्। शिक्षा क्षेत्रका भने ६ प्रतिशत भन्दा कम कामदार र कर्मचारी कटौतीमा परेका छन् ।

यता विद्युत, ग्याँस तथा पानीसँग सम्बन्धित ३९.७१ प्रतिशत, थोक तथा खुद्रा व्यापार र उत्पादनमुलक उद्योगमा कार्यरत एक चौथाई कर्मचारी कटौतीमा परेको छन्। प्रतिवेदन अनुसार सञ्चार क्षेत्रका २१. ३१ प्रतिशतले रोजगारी गुमाएका देखिन्छ।

स्वास्थ्य तथा सामाजिक कार्यसँग सम्बन्धित १५ प्रतिशतको जागिर गुमेको प्रतिवेदनमा उल्लेख छ। सर्वेक्षणमा सहभागी व्यवसायहरुले औसतमा १८.२ प्रतिशत तलब कटौती गरेको पाइएको छ । तलब कटौती गर्नेमा होटल तथा रेष्टुरेन्ट, यातायात तथा भण्डारण र शिक्षा क्षेत्र अगाडि छन्।

कर्मचारीलाई प्रदान गर्दै आएको भत्ता तथा अन्य सुविधाहरुमा समेत उल्लेख्य रुपमा कटौती गरेको देखिएको छ । प्रतिवेदनमा भनिएको छ, ‘ठूला उद्योगरव्यवसायहरुले अन्यको तुलनामा धेरै प्रतिशत तलब कटौती गरेको देखिएको छ।’

nepal rastra bank data.png

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट