कोशी प्रदेशसभाको अधिवेशन आह्वान-Sutra News

कोशी प्रदेशसभाको अधिवेशन आह्वान

बुधबार, २८ चैत्र २०८०

बुधबार, २८ चैत्र २०८०

काठमाडौं । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् ।



कोशी प्रदेशसभाको सम्पूर्ण सदस्य संख्याको एक चौथाइभन्दा बढी प्रदेशसभा सदस्यले चैत २६ गते लिखित अनुरोध गरी अधिवेशन आह्वान गर्न अनुरोध गरेका थिए ।

सोही आधारमा प्रमुख खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (३) बमोजिम आगामी वैशाख ६ गते दिउँसो १ बजे बस्ने गरी अधिवेशन आह्वान गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट