कर्कट, कन्या र धनु राशीलाई लाभलाभै, तपाईंको दिन कस्तो ?-Sutra News

कर्कट, कन्या र धनु राशीलाई लाभलाभै, तपाईंको दिन कस्तो ?

शुक्रबार, १६ चैत्र २०८०

शुक्रबार, १६ चैत्र २०८०

आज मिति विं.सं. २०८० चैत १६ गते शुक्रबार । सन् २०२४ मार्च २९ तारिख । आज नेपालमा सूर्योदय बिहान ५ः५७ बजे भयो भने सूर्यास्त साँझ ६ः१९ बजे हुनेछ



मेष

विछोडिएका परिवारजनसँग भेटघाट हुने दिन छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । लाभ हुने काम प्रारम्भ गर्ने समय भए पनि साँझदेखि केही समस्या देखापर्न सक्छन्, सावधान रहनुहोला । साझेदारीमा फाइदा हुनेछ भने स्वादिष्ट भोजनको अवसर मिल्नेछ । आरोग्यता र साहस वृद्धि होला ।

बृष

विभिन्न अवसरले पछ्याउने समय छ । बोलीको प्रभाव बढ्ला । तथापि, पुरानो समस्याले झमेला आइलाग्न सक्छ, सचेतनाका साथ व्यवहार गर्नु हितकर हुनेछ । दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ । अध्ययन–अध्यापनमा मन नलागे पनि आत्मविश्वास बढ्नेछ । रोकिएका काम बिस्तारै बन्नेछन् । यात्रापरक काम बन्नेछ । रसरागमा आकर्षण रहला ।

मिथुन

सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिने समय भएपनि होसियारीसाथ काम लिनुपर्नेछ । दौडधुप वृद्धि होला । फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । मान–महत्व तथा पुरस्कार प्रप्तिको योग छ । जटिल समस्याको समाधान प्राप्त हुनेछ । यात्रामा सफल रहला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट

दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय छ, तर आज लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । पढाइलेखाइमा समय दिन नसकिएला । पुराना समस्या दोहोरिन सक्छन् । नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ । आरोग्यता वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । पारिवारिक सुख मिल्नेछ ।

सिंह

आजको दिन सहयोगीहरूले हात झिक्नाले अलि अप्ठ्यारोमा परिनेछ । आर्जित धन तत्काल खर्च हुन सक्छ । काममा रोकावट र कममात्र फाइदा हुने समय छ । आरोग्यता रहने छ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्ला । पारिवारिक सुखशान्ति बढ्ला ।

कन्या

नयाँ काममा हात हाल्ने समय छ । काममा मातापिताको सहयोग प्राप्त होला । नसोचेको ठाउँबाट धनलाभ हुने देखिन्छ । कृषि–चौपायाबाट लाभ मिल्नेछ । बाध्यतामा अलमलिनुपर्दा काम रोकिन पनि सक्छ । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ । आरोग्यता बढ्नेछ । रचनात्मक काममा सफलता मिल्ला । यात्रागत कार्य सफल रहला ।

तुला

रचनात्मक काम सुरु गर्ने समय छ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । यात्रा पनि होला । दिन रमाइलैसँग बित्नेछ । आज धनलाभको सम्भावना छ, साथै टाढाको यात्राको पनि योग रहेको छ । आज कृषिबाट सामान्य लाभ उठाउन सकिनेछ । विलासी काममा आकर्षण बढ्नेछ । मित्रजनको सहयोग प्राप्त हुनेछ । आमोदप्रमोदमा रमिरहनुहुनेछ ।

बृश्चिक

साझेदारीमा समस्या आउनुका साथै पहिलेको सम्झौता भङ्ग हुन सक्छ । अरूको फाइदाका लागि उपयोग भइएला । स्वास्थ्यका लागि आज मसलाजन्य खानाबाट एकदमै सावधान रहनुहोला । पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका मिल्न सक्छ । आर्थिक काम बन्नेछ । कर्मबल वृद्धि हुनेछ । आजको दिन योजना र बजेट बनाएर मात्र कार्य गर्नु हितकर हुनेछ । आरोग्यता रहनेछ ।

धनु

सोचेको काम सफलतापूर्वक सम्पन्न होला । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रशन्न रहनेछ । कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ भने पढाइलेखाइमा प्रगति हुनेछ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी होला । असंयम व्यवहारले सम्बन्ध बिगार्न सक्छ, सजग रहनुहोला । बुद्धिको उपयोग गर्न सक्दा फाइदा हुनेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान होला ।

मकर

परिवारजन तथा बन्धु(बान्धवबीच आत्मीय भाव बढ्नेछ । भूमि तथा मातृधनबाट लाभ लिने समय छ । पारिवारिक जमघटमा मन रमाउला, तर भेटघाटको अलमलले नोक्सान पर्न सक्छ, सावधान रहनु हितकर हुनेछ । सहयोगीहरूले राम्रै साथ दिनेछन् । पराक्रम बढ्नेछ, दायित्वलाई पूरा गर्नुहुनेछ ।

कुम्भ

बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न सकिने छ । महत्वाकांक्षी योजना फलीभूत होलान् । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । काममा लगानीको समय छ । विदेश भ्रमणका लागि प्रयत्न गर्दा सफलता मिल्ने योग छ । धन आर्जनको मौका जुर्ला । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मीन

काममा बाधा निम्तिएपनि शुभचिन्तकहरूले साथ दिनेछन् । मेहनतले प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापारमा राम्रै फाइदा होला । विशिष्ट व्यक्तित्वको सहयोग प्राप्त हुनेछ । अध्ययन तथा अध्यापनमा पछि परिने समय छ । दामपत्यसुख र आरोग्यता बढ्नेछ । आज आफन्तको साथ भने कमै मिल्नेछ । साझेदारीको काम बन्नेछ । समस्याको समाधान मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट