इलाम २ मा रास्वपाबाट लिम्बूले उम्मेदवारी दिने निश्चित-Sutra News

इलाम २ मा रास्वपाबाट लिम्बूले उम्मेदवारी दिने निश्चित

बिहिबार, १५ चैत्र २०८०

बिहिबार, १५ चैत्र २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम २ मा हुने उपनिर्वाचनमा मिलन लिम्बूलाई उम्मेदवार चयन गरेको छ । उम्मेदवारीका लागि दरखास्त दिएका पाँच जनाले छाडिदिएपछि उनी सर्वसम्मत बनेका हुन् ।



रास्वपामा प्राइमरी इलेक्सनका माध्यमबाट उम्मेदवार छनोट हुने प्रावधान छ । त्यसबमोजिम प्राइमरी इलेक्सनका लागि ६ जनाको दरखास्त दिएका थिए ।

तर, आज लिम्बूलाई समर्थन गर्दै अन्य पाँच जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएको पार्टीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्राइमरी इलेक्सनका लागि दरखास्त दिएका ६ जनालाई आज केन्द्रीय कार्यालयमा छलफलका लागि बोलाइएको थियो । महेन्द्र थापाबाहेक ५ जना छलफलमा उपस्थित भएका थिए ।

महामन्त्री डा. मुकुल ढकाललगायतका नेताहरुले सर्वसम्मत उम्मेदवार खडा गर्दा राम्रो सन्देश जाने बताए । स्थानीय, जनजाति र शिक्षित युवा भएकाले लिम्बूलाई उभ्याउने विषयमा सबैजना सहमत भएको बताइएको छ ।

हालैमात्र माओवादी परित्याग गरेका लिम्बूले रास्वपाको प्राइमरी चुनावमा दरखास्त हाल्नुअघि पार्टीको सदस्यता लिएका थिए । लिम्बू पहिचानवादी धारका युवा हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट