होली खेलेर कर्णालीमा हाम फालेका युवाको शव फेला-Sutra News

होली खेलेर कर्णालीमा हाम फालेका युवाको शव फेला

बिहिबार, १५ चैत्र २०८०

बिहिबार, १५ चैत्र २०८०

काठमाडौं । होली खेलेर गत सोमबार दिउँसो चिसापानीस्थित कर्णाली नदीको पुलबाट कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवकको शव फेला परेको छ ।



पुलबाट १७ जना युवा हामफालेका थिए । जसमध्ये कञ्चनपुर स्थायी घर भई कैलालीको लम्किचुहा नगरपालिका ३ चिसापानी बस्ने ३० वर्षीय लोकेन्द्र शाही पुलमाथिबाट हाम फाल्नेबित्तिकै बेपत्ता भएका थिए ।

बेपत्ता भएको चार दिनपछि बिहीबार शाहीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । शाहीको शव टीकापुरको सन्कट्टी घाटमा भेटिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट