नेप्सेमा सुधार : १२० कम्पनीको मूल्य बढ्दा साढे दुई अर्ब बढीको कारोबार-Sutra News

नेप्सेमा सुधार : १२० कम्पनीको मूल्य बढ्दा साढे दुई अर्ब बढीको कारोबार

बिहिबार, १५ चैत्र २०८०

बिहिबार, १५ चैत्र २०८०

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारमा सामान्य सुधार देखिएको छ । लगातार गिरावटका बीच बिहीबार एकल अंकले बजारमा बृद्धि भएको छ ।



नेपाल स्टक एक्सचेन्जका अनुसार ४.७८ अंकले बढ्दै बजार २०३५.६४ को बिन्दुमा उक्लिएको छ । समग्रमा बजारमा ०.२३ प्रतिशतले बृद्धि भएको स्टक एक्सचेन्जले जनाएको छ ।

यस दिन सर्वाधिक नेप्सेको उत्पादन तथा प्रशोधन उपसूचकांकमा २.४० प्रतिशतले बृद्धि भएको स्टक एक्सचेन्जले जनाएको छ । समग्रमा नेप्सेका १३ उपसूचकांकमध्ये ८ उपसूचकांकमा बृद्धि भयो भने ५ उपसूचकांकमा गिरावट अयो ।

स्टक एक्सचेन्जका अनुसार कारोबारमा आएका २४५ कम्पनीमध्ये यसदिन १२० कम्पनीको मूल्य बढ्यो । ११५ कम्पनीको मूल्य घट्दा १० कम्पनीको भने मूल्य यसअघिकै दिनको तुलनामा कायम रह्यो ।

सामान्य अंकले सुधार भएको बजारमा बिहीबार हिमालयन उर्जाको मूल्यमा सर्किट लाग्दा सर्वोत्तमको मूल्य सर्किट लेभलमा बढ्यो भने हिमालयन हाइड्रो पावर, साम्लिङ्ग पावर, पिपुल्स पावरलगायतको मूल्य उच्च अंकले बृद्धि भयो ।

यद्यपि, यस दिन उन्नती सहकारी लघुवित्त र धौलागिरी लघुवित्तको मूल्यमा नकारात्मक सर्किट लाग्यो ।

कारोबार रकममा सुधार आएको बजारमा यस दिन सर्वाधिक सर्वोत्तम सिमेन्ट, गुराँस फाइनान्स, सिवम् सिमेन्ट, सोनापुर मिनरल्सलगायतको कारोबार उच्च रह्यो । लगातारको गिरावटका बीच एकल अंकले भएपनि बजारमा आएको सुधारले लगानीकर्तामा केही आशा पलाएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट