काठमाडौं उपत्यकासहित देशभर केही दिन वर्षा हुने-Sutra News

काठमाडौं उपत्यकासहित देशभर केही दिन वर्षा हुने

बिहिबार, १५ चैत्र २०८०

बिहिबार, १५ चैत्र २०८०

काठमाडौं । पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ ।



देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । विभागका मौसमविद् गोविन्दकुमार झाका अनुसार पश्चिमी र स्थानीय वायुको प्रभावले नेपालको मौसममा प्रभाव देखिएको हो ।

मौसमविद् झाले भने, ‘अहिले काठमाडौं उपत्यकासहित देशभर आंशिकदेखि सामान्य बदली रहेको छ, यो क्रम अझै केही दिन जारी रहने छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट