इलाम–२ बाट रास्वपाको उम्मेदवार को ?-Sutra News

इलाम–२ बाट रास्वपाको उम्मेदवार को ?

बिहिबार, १५ चैत्र २०८०

बिहिबार, १५ चैत्र २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाअन्तर्गतको इलाम–२ मा कसलाई उम्मेदवार बनाउला भन्ने चासो सर्वत्र छ । प्रारम्भिकरुपमा प्रतिस्पर्धी शक्ति मानिएको कारण पनि रास्वपाको उम्मेदवारप्रति चासो बढेको देखिन्छ ।



विभिन्न नामहरु चर्चामा रहेकै बखत रास्वपाले उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक गरेको छ ।

इलाम २ मा रास्वपाबाट उम्मेदवार बन्नको लागि चर्चामा रहेका मिलन लिम्बुसहित गोकुलबहादुर राई, जमुना शर्मा, महेन्द्रकुमार थापा, मानबहादुर घिमिरे र डा. शेषरमण न्यौपानेको नाम दर्ता भएको रास्वपाले जनाएको छ ।

जनाइएअनुसार प्रारम्भिक उम्मेदवारी उपर दाबी विरोध गर्ने समय शुक्रबार दिउँसोसम्मलाई तोकिएको छ ।

पार्टीले आन्तरिक रूपमा प्राइमरी इलेक्सन गरेर उम्मेदवार छनोट गर्ने बताइएको छ ।

रास्वपाका नेताहरुले बताएअनुसार पत्रकारिता छाडेर राजनीतिमा होमिएका लिम्बुको सम्भावना बढी छ । यसअघि नै पार्टी सभापति रवि लामिछानेले लगायतले नै लिम्बु उम्मेदवार हुनसक्ने संकेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट