बृष, मिथुन र सिंह राशीको दिन शुभ, तपाईंको दिन कस्तो ?-Sutra News

बृष, मिथुन र सिंह राशीको दिन शुभ, तपाईंको दिन कस्तो ?

बिहिबार, १५ चैत्र २०८०

बिहिबार, १५ चैत्र २०८०

आज मिति विं.सं. २०८० चैत १५ गते बिहीबार । सन् २०२४ मार्च २८ तारिख । आज नेपालमा सूर्योदय बिहान ५ः५८ बजे भयो भने सूर्यास्त साँझ ६ः१९ बजे हुनेछ । अब सुरू गरौँ आजको राशिफल ।



मेष

दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । तर, प्रयत्नका बाबजुद अवसरको फाइदा उठाउन मुस्किल पर्ने समय परेकोले काममा विशेष सावधानी अपनाउनुहोला । सवारीसाधनको प्रयोगमा पनि विशेष सतर्कताको आवश्यकता छ । तार्किक क्षमता बढ्नेछ । गीत(संगीतमा आकर्षण रहला ।

बृष

व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ । रुचिका विषयमा लगानी बढाउने सकिनेछ । इर्ष्या गर्नेहरूले काममा अवरोध पुऱ्याउन सक्छन्, सावधानी अपनाउनु हितकर हुनेछ । आजको दिन ब्यस्तताका साथै खर्च पनि बढ्ला । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यता रहला । पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ । रसरागमा आकर्षण रहला । परिवारिक सुख बढ्नेछ ।

मिथुन

परिवारजनको साथले काममा उत्साह जगाउनेछ । प्रेम र मित्रताको बन्धन कसिएला । दाम्पत्य जीवन सुखमय बन्नेछ । श्रद्धा र परोपकारमा मन जाला । स्वास्थ्यमा भने केही कमजोरी अनुभव हुने समय छ । सानातिना काममा अल्झनुपर्दा मुख्य काममा अवरोध पुग्न सक्छ, सचेत रही कार्य गर्नुहोला । पराक्रम बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।

कर्कट

आजको दिन सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । अप्रिय समाचारले दुःखी बनाउला । यात्राको सम्भावना छ । सभा समारोहमा सम्मान प्राप्त हुने योग छ । रसरागमा आकर्षण रहला ।

सिंह

आजको दिन राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्न सक्छ । तर नयाँ काममा हात हाल्न केही समय पर्खनु हितकर होला । पढाइलेखाइमा प्रगति गर्न नसकिने समय छ । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यता बढ्नेछ । बौद्धिक, रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या

व्यापारमा मनग्य फाइदा हुनेछ भने आँटेका काम तत्काल सम्पादन हुनेछन् । पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त होला । विभिन्न सहयोग र उपहार पाइने योग छ । भौतिक साधन जुट्नाले आयआर्जन पनि राम्रै हुनेछ । खर्चसमेत बढ्ला । इष्टमित्र एवम् सन्तान पक्षबाट सुख मिल्नेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला

रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । आज स्वास्थ्यगत समस्याले भने सताउने देखिन्छ । आज अनावश्यक भ्रमण हुन सक्छ । उपचारमा खर्च हुने योग छ । तथापि, मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ । सहयोगीहरूले काममा उत्साह जगाउनेछन् । आर्थिक काम बन्नेछ । धन सम्पदामा बढोत्तरी हुनेछ ।

बृश्चिक

सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । व्यावसायिक काममा खर्च बढ्नेछ । तर उद्योग र व्यापारमा फाइदा हुनेछ । प्रतिस्पर्धीलाई पनि पछि पार्न सकिएला । कर्मबल वृद्धि हुनेछ । शुभता बढ्नेछ । साझेदारीको काम बन्ला । आरोग्यता रहनेछ । प्रेमभाव बढ्ला । कार्यमा सफलता प्राप्त हुनेछ । शत्रुलाई जित्ने क्षमता वृद्धि हुनेछ ।

धनु

विगतका समस्या बल्झिन सक्ने समय छ । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । सानातिना काम र घरेलु समस्या देखापरेपनि रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । पुरुषार्थद्वारा अधिकार स्थापित गर्न सकिनेछ । प्रतिस्पर्धामा पनि विजयी भइनेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर

कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्ला । समयमा चिताएको काम सम्पादन नहुन सक्छ । मेहनतअनुसार फाइदा कमै होला । दौडधुप र जोखिम बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । नियमकानूनले साथ दिनेछ । यात्रा सफल रहला ।

कुम्भ

कामको चापबाट पनि फुर्सद पाइने र रमाइलो यात्रा गर्ने अवसर जुट्ने समय छ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । मनमा डर लागे पनि विभिन्न अवसरले पछ्याउनेछन् । बोलीको प्रभाव पनि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । दाम्पत्य सुख बढ्नेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने योग छ ।

मीन

रूका काममा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ । काम पूरा नहुनाले मन खिन्न रहला । आफन्त तथा नजिकका साथीभाइ टाढिन सक्छन् । अरूको फाइदाका लागि उपयोग भइने योग छ । आरोग्यता बढ्नेछ । वार्तामा सफलता मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट