८४ लाख भ्रष्टाचार गर्ने उपसचिव र अधिकृतविरुद्ध मुद्दा दायर-Sutra News

८४ लाख भ्रष्टाचार गर्ने उपसचिव र अधिकृतविरुद्ध मुद्दा दायर

मंगलबार, १३ चैत्र २०८०

मंगलबार, १३ चैत्र २०८०

काठमाडौं । विराटनगर भन्सार प्रमुख बनेर काम गरेका उपसचिव तारा प्रसाद सापकोटालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर भएको छ ।



उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको हो । उनीसँगै तत्कालीन भन्सार अधिकृत नवकुल शर्माविरुद्ध पनि मुद्दा दायर भएको छ ।

देव इन्टरनेशनल प्रा.लि.ले आयात गरेको वस्तु जाँचपास गर्दा ८४ लाख ५५ हजार ६०५ रुपैयाँ राजस्व छली गरी भ्रष्टाचार गरेको आयोगका प्रवक्ता
नरहरि घिमिरेले जानकारी दिए ।

कम्पनीले चीनबाट आयात गरेको वस्तुको प्रज्ञापन पत्र गत वर्ष पुस २० गते दर्ता गरेपछि सिस्टमबाट नै डिलिट गरिएको भन्ने उजुरी अख्तियारमा परेको थियो । उक्त उजुरीउपर छानबिन गर्दा राजस्व छली भएको देखिएको हो ।

सापकोटाले गरेको काम कारबाहीमा अर्थ मन्त्रालयले समेत छानबिन गरेको थियो । अर्थ मन्त्रालयले छानबिन गरेपछि पुनः प्रज्ञापन पर्दा सिस्टममा इन्ट्री गरेको देखिएको अख्तियारको भनाइ छ ।

उनका अनुसार देव इन्टरनेशनल प्रालिका सञ्चालक शेरबहादुर बस्नेत र शरणकुमार खरेलले गरेको कार्य मुख्य प्रतिवादी सापकोटा र शर्माले गरेको कसुरबमोजिमको उद्योगको कसुरको मतियार भएर कसुर अपराध गरेको भन्दै ८४ लाख ५५ हजार ६०५ रुपैयाँ नै विगो कायम गरेर कैद सजायको माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट