हेलमेटको विषयमा हत्या गरी फरार व्यक्ति २२ वर्षपछि पक्राउ-Sutra News

हेलमेटको विषयमा हत्या गरी फरार व्यक्ति २२ वर्षपछि पक्राउ

शुक्रबार, ९ चैत्र २०८०

शुक्रबार, ९ चैत्र २०८०

काठमाडौं । करिब २२ वर्षअघि अर्थात २०५८ साल कात्तिक १५ गते बर्दघाट नगरपालिका १६ सूर्य बस्ती निवासी बुद्धिजंग रानालाई गोली प्रहार गरी हत्या गरेका व्यक्ति पक्राउ परेका छन् ।



सर्वस्वसहित जन्मकैदको सजाय पाएका २२ वर्षपछि नवलपरासीबाट पक्राउ उनलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार पक्राउ पर्नेमा बर्दघाट नगरपालिका १६ निवासी ४२ वर्षीय केशव गुरुङ रहेका छन् ।

घटनापश्चात् भारत र नेपालका विभिन्न ठाउँमा लुक्दै आएका गुरुङ गाउँघरमै बसेको सूचनाका आधारमा उनलाई प्रहरीले पक्राउ परेको हो । पक्राउ परेका उनलाई जिल्ला अदालत परासीमा पेस गरिएको छ ।

त्यसबेला एक सांस्कृतिक कार्यक्रम हेर्न गएका रानालाई कार्यक्रम सकेर फर्कने क्रममा मोटरसाइकलको हेलमेटको विषयमा झगडा हुँदा गुरुङले गोली प्रहार गरी हत्या गरेका थिए ।

उनको कात्तिक १६ गते शिक्षण अस्पताल काठमाडौंमा उपचारको क्रममा निधन भएको थियो । अभियुक्त गुरुङलाई अदालतले ०६६ साल असार २८ गते सर्वस्वसहित जन्मकैदको सजाय तोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट