नबिल बैंकका ग्राहकलाई स्काइवाक टावरको टिकटमा छुट-Sutra News

नबिल बैंकका ग्राहकलाई स्काइवाक टावरको टिकटमा छुट

बुधबार, ७ चैत्र २०८०

बुधबार, ७ चैत्र २०८०

काठमाडौं । नबिल बैंक लिमिटेडका ग्राहकले स्काइवाक टावरको टिकटमा विशेष छुट पाउने भएका छन् ।



स्काइवाकको टिकटमा दिइने छुटसम्बन्धी विषयमा वन्डर्स नेपाल प्रालि र नबिल बैंकबीच सम्झौता भएको हो ।

सम्झौताअनुसार नबिल बैंकका ग्राहकले वन्डर्स नेपाल प्रालिको स्वामित्वमा रहेको स्काइवाक टावरको टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउनेछन् ।

छुट सुविधा प्राप्त गर्न बैंकका ग्राहकले टिकट खरिद गर्दा नबिल बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड अथवा एन बैंक एपबाट भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ ।

आफ्ना ग्राहकलाई अतिरिक्त लाभ दिने उद्देश्य सहित गरेको यस सम्झौता अन्तर्गत नबिल बैंकका ग्राहकहरुले सो सुविधा दुई वर्षसम्म उपभोग गर्न पाउने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट