रूस-युक्रेन युद्धमा थप १६ नेपालीको मृत्यु-Sutra News

रूस-युक्रेन युद्धमा थप १६ नेपालीको मृत्यु

मंगलबार, ६ चैत्र २०८०

मंगलबार, ६ चैत्र २०८०

काठमाडाैं । रूसी सेनामा भर्ती भएर रूस युक्रेन युद्धमा सहभागी भएका थप १६ जना नेपालीले ज्यान गुमाएका छन् । परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएअनुसार युद्ध मैदानमा रहेका थप १६ नेपालीको मृत्यु भएकाे हाे । उनीहरूको मृत्युको बारेमा यकिन गर्न अहिले डिएनए टेष्टको लागि स्याम्पल नेपाल ल्याइएकाे छ ।



सोमबार मात्रै संसद बैठकलाई सम्बोधन गर्दै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले घर फर्कन चाहने नेपालीहरूलाई करार रद्ध गर्ने सैद्धान्तिक सहमति भैसकेको बताएका थिए । उनले रूसी सेनामा भर्ती भएर मृत्यु भएका परिवारलाई क्षतिपूर्ति र बिमाबापतको रकम उपलब्ध गराउने प्रक्रिया सुरु भैसकेको बताएका थिए ।

मन्त्री श्रेष्ठले संसदमा गरेकाे सम्बाेधनकाे भोलिपल्टै १६ नेपालीले ज्यान गएको विषय सार्वजनिक भएको हो ।

रुस-युक्रेन युद्धमा यसअघि नै १७ नेपाली नागरिकले ज्यान गुमाएको कुरा सार्वजनिक भएको थियाे । थप १६ ले ज्यान गुमाएसँगै रुस-युक्रेन युद्धमा ज्यान गुमाउने नेपाली नागरिकको संख्या ३३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट