माओवादी बैठकमा महराबारे छलफल : कारबाही गर्ने कि नगर्ने ?-Sutra News

माओवादी बैठकमा महराबारे छलफल : कारबाही गर्ने कि नगर्ने ?

मंगलबार, ६ चैत्र २०८०

मंगलबार, ६ चैत्र २०८०

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकमा सुन तस्करी प्रकरणमा पक्राउ परेका उपाध्यक्ष कृष्णबहादुर महराको विषयमा छलफल भएको छ ।



मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा महराबारे छलफल भएपनि कुनै पनि निष्कर्षमा पुग्न नसकेको बैठकपछि पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

“बैठकमा मुख्य छलफल नै उपाध्यक्ष कृष्णबहादुर महराको विषयमा भयो, हामीले विविध कोणबाट छलफल ग¥यौं तर, निष्कर्षमा पुगेका छैनौं”, उनले भनेका छन् ।

जिम्मेवारीबाट हटाउने विषयमा के भो भनि पत्रकारसँगको प्रश्नमा सापकोटाले भने, “छिट्टै निष्कर्ष निकाल्छौं ।”

नेताहरुले बताएअनुसार प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपाध्यक्ष महरालाई पदबाट राजीनामा दिन सुझाएका छन् । पार्टीले कारबाही गर्नेभन्दा महराले राजीनामा दिने विषय उपयुक्त हुने कुरा प्रचण्डले राखेको नेताहरुले बताएका छन् ।

बताइएअनुसार अर्को बैठकले महराबारे निर्णय लिनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट