सुनको मूल्यमा लगातार गिरावट, आज कति घट्यो ?-Sutra News

सुनको मूल्यमा लगातार गिरावट, आज कति घट्यो ?

सोमबार, ५ चैत्र २०८०

सोमबार, ५ चैत्र २०८०

काठमाडौं । सुनको मूल्यमा लगातार गिरावट आएको छ । सोमबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको हो ।



नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य एक लाख २४ हजार ५०० सय रुपैयाँ कायम गरिएको छ । आइतबार एक लाख २५ हजार रुपैयाँ कायम थियो ।

महासंघका अनुसार सोमबार तेजावी सुनको मूल्य प्रतितोला एक लाख २३ हजार ९०० रुपैयाँ कायम भएको छ । आइतबार एक लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला एक हजार ५२० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट