देशको अर्थतन्त्र संकटमा नपुगेको अर्थमन्त्रीको दाबी-Sutra News

देशको अर्थतन्त्र संकटमा नपुगेको अर्थमन्त्रीको दाबी

आइतबार, ४ चैत्र २०८०

आइतबार, ४ चैत्र २०८०

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले मुलुकको अर्थतन्त्र संकटको अवस्थामा नपुगेको दाबी गरेका छन् । नागरिक लगानी कोषको ३४ औँ वार्षिकोत्सवमा आयोजित कार्यक्रमा उनले अर्थतन्त्रमा समस्या देखिए पनि संकटमा नपुगेको बताएका हुन् ।



मन्त्री पुनले सार्वजनिक वित्तको क्षेत्रमा भने केही संरचनागत समस्या अझै बाँकी रहेको बताएका थिए । एक वर्षभन्दा बढीको वस्तु तथा सेवा आयात धान्न सक्ने विदेशी मुद्रा सञ्चिति रहेको, विप्रेषण आप्रवाह राम्रो अवस्थामा रहेको र बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता रहेको भन्दै उनले विस्तारै लगानी बढ्ने दाबी गरे ।

उनले बाह्य क्षेत्र र खास गरी भुक्तानी सन्तुलन बिग्रिँदा समस्यामा परेको अर्थतन्त्र अहिले निकै मजबुद बनेको बताए । यस क्रममा उनले आफ्नो कार्यकालमा यसअघि अवलम्बन गरिएका कार्यक्रमका साथै सकारात्मक नीति तथा योजनालाई निरन्तरता दिने जिकीर गरे ।

उनले कोषलाई थप व्यावसायिक बनाउन र कोषमा जम्मा भएको रकमलाई उत्पादनमूलक क्षेत्र, ठूला पूर्वाधार निर्माण र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट