आलु स्वास्थ्यका लागि कति फाइदाजनक हुन्छ ?-Sutra News

आलु स्वास्थ्यका लागि कति फाइदाजनक हुन्छ ?

आइतबार, २८ माघ २०८०

आइतबार, २८ माघ २०८०

काठमाडौं । आलु एक प्रकारको तरकारी हो । जुन धेरैजसो परिकारमा उपयोग हुँदै आएको छ । पछिल्लो समय आलुबिना कुनै परिकार बन्ने कल्पनासम्म गरिँदैन ।



आलुलाई फ्राइ, ग्रिल वा उमालेर प्रयोग गर्न सकिन्छ । आलु खाँदा मोटोपना बढ्छ भन्ने विश्वास गरिन्छ । तर, के यो सत्य हो त ? के आलुले साँच्चै तौल र मोटोपना बढाउँछ ?

आलुमा धेरै कार्बोहाइड्रेट र क्यालोरी हुन्छ । तर, यसमा फाइबर, पोटासियम, भिटामिन सी, भिटामिन बी ६, म्याङ्गनिज र एण्टिअक्सिडेण्ट जस्ता आवश्यक पोषक तत्वहरू पनि पाइन्छ । यति मात्र होइन, आलुमा पाइने स्टार्च प्रतिरोधी प्रकारको हुन्छ । जसले तपाईंलाइ स्वस्थ राख्न मद्दत गर्छ ।

आलुमा अनेक प्रकारको पोषण तत्व पाइन्छ । तर, प्रशोधित खानामा आलुलाई मिसाएर खाँदा हानिकारक पनि हुन सक्दछ । विज्ञहरूका अनुसार आलुलाई अन्य तरकारीमा मिसाउँदा प्रोटिनको मात्रा कायमै हुनु पर्ने सुझाव दिन्छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट