एमजी मोटर्स आगलागि घटना : ‘तार सर्ट’ भएको भन्ने दाबी कति सही ?-Sutra News

एमजी मोटर्स आगलागि घटना : ‘तार सर्ट’ भएको भन्ने दाबी कति सही ?

ब्याट्री र इन्जिङ्गमा सबैभन्दा समस्या भएको गाडी

बिहिबार, १९ पौस २०८०

बिहिबार, १९ पौस २०८०

काठमाडौं । गएको पुस ८ गते क्रिशमश इभको साँझ काठमाडौंको बुढानिलकण्ठमा पार्किङ्ग गरेर चार्जमा राखिएको चिनियाँ विद्युतीय ब्रान्ड एमजीको एमजी जेडएस ईभी मोडेलको गाडी जलेर नष्ट भयो । उक्त घटनापछि एमजी ब्राण्डको ईभी गाडिबारे विभिन्न टिकाटिप्पणी भइरहेका छन् । एमजीको उक्त गाडी किन जल्यो ? के गाडीमा प्राविधिक समस्या थियो ? गाडीको प्राविधिक अवस्था के हो ? प्रश्नहरु उठे ।



तर, घटनाको लामो समयसम्म एमजी गाडीको लागि नेपालको आधिकारिक विक्रेता कम्पनी पारामाउन्ट मोटर्स मौन रह्यो । सञ्चार माध्यमले प्रश्न गर्ने भयले कम्पनीले प्रतिक्रिया दिन नै अस्वीकार गर्‍यो ।

तर, चौतर्फी प्रश्न उठेपछि पारामाउन्ट मोटर्सले गाडी जलेको विषयमा बोलेको छ । मोटर्सले गाडी अरु कारण नभई ‘तार सर्ट’ भएर जलेको दाबी गरेको छ । “एक्कासी विद्युतको तार सर्ट भई आगलागि भएको” पारामाउन्ट मोटर्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

तर, प्रत्यक्षदर्शी र प्रहरीले पनि गाडी बाह्य कारण नभई आन्तरिक कारण जलेको बताएको छ । चार्जिङ्गकै बेलामा गाडीमा अचानक आगो निस्किएको प्रत्यक्षदर्शी बताउँछन् ।

“चार्जिङ्ग गरिरहेकै बखत अचानक गाडीमा आगो देखियो भन्ने आयो, हामी पुग्दा आगो सुरु भएको थियो, निभाउन खोज्यौं तर, गाडीभित्रबाट आएको आगो निभाउन सकेनौं”, काठमाडाैं प्रहरी प्रभाग बुढानिलकण्ठका प्रहरी निरीक्षक योगराज खतिवडाले घटनाबारे भनेका छन् ।

गाडी भित्रबाट देखिएको आगोले छोटो समयमै गाडीलाई नष्ट बनाएको थियो ।

उता, उक्त गाडीका प्रयोगकर्ता सुदीप लामिछानेले पनि गाडी बढी तात्ने भएपनि अन्य समस्या नदेखिएको बताउँछन् । गाडी जल्नुको पछाडि बाह्य कारण केही नरहेको उनको भनाई छ ।

प्राविधिकरूपमा धेरै जोखिमयुक्त गाडी

काठमाडौं बुढानिलकण्ठमा जलेको एमजी मोटर्सको एमजी जेडएस २०२१ मोडलबारे गरिएको प्राविधिक अध्ययनमा यस गाडीमा अन्य गाडीको तुलनामा अनावश्यक आवाज आउने, इन्जिन कराउने साथै, बारम्बार मिसफायरको आवाज आउने समस्या छ । जसले इन्जिनलाई पनि चाँडै तताउने र बिगार्ने प्राविधिक रिपोर्टमा उल्लेख छ ।

साथै, यस कम्पनीको गाडीमा ब्रेक नलगाउने पनि समस्या धेरै देखिएको बताइन्छ ।

काठमाडौंमा देखिएको घटना पहिलो भने होइन, अन्य थुप्रै देशमा पनि यस कम्पनीको थुप्रै गाडी आफैं जलेका घटना छन् । गत सेप्टेम्बर १३ मा सिड्नीस्थित एयरपोर्टमा पार्किङ्गमा राखेको एमजी मोटर्सको एयूभी मोडलको गाडी अचानक विस्फोट हुँदा सँगै रहेका टेस्ला कम्पनीका ती वटा गाडीलाई नै पूर्ण क्षति पुर्‍याएको थियो ।

जुन घटनापछि अष्ट्रेलियाको सरकारले उक्त गाडीलाई तत्कालका लागि बिक्रि वितरण रोकिदिएको थियो । अष्ट्रेलियाकाे सरकारले गाडीको ब्याट्रिमाथि प्रश्न उठाएको छ ।

एमजीको भारतमा पनि थुप्रै गाडी जलेका उदाहरण छन् । चलिरहेकै बखत, पार्किङ्गमा राखिएको समय र चार्जिङ्गमा राखिएको समयमा बिस्फोट भएका घटना छन् । कतिपय प्रयोगकर्ताले भिडियो नै बनाएर एमजी मोटर्सका गाडीहरु ‘ज्यानमारा’ भएको बताएका छन् ।

सम्बन्धित समाचार

चार्जिङकै क्रममा कसरी जल्यो एमजी माेटर्सको जेडएस ईभी ?

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट