यी राशिका लागि सन् २०२४ समस्याप्रदक, थाहा पाउनुहाेस् कसकाे कस्ताे ?-Sutra News

यी राशिका लागि सन् २०२४ समस्याप्रदक, थाहा पाउनुहाेस् कसकाे कस्ताे ?

बिहिबार, ५ पौस २०८०

बिहिबार, ५ पौस २०८०

सन् २०२४ केही राशिका व्यक्तिहरूका लागि उतारचढावले भरिपूर्ण रहनेछ। अर्को वर्ष, केही राशि चिन्हहरूले करियर र पैसाको मामलामा धेरै सावधानी अपनाउनु पर्नेछ।



सन् २०२४ चाँडै सुरु हुँदैछ। केही राशिका लागि आगामी वर्ष निकै शुभ रहने छ भने केही राशि भएका व्यक्तिहरूमा शनिको नराम्रो नजर रहनेछ ।

२०२४ मा शनिको परिवर्तन भएको चालका कारण केही व्यक्तिले जीवनमा धेरै उतारचढावको सामना गर्नुपर्ने हुन सक्छ। आउनुहोस् जानौं ती राशिहरू जसले सन् २०२४ मा धेरै सावधानी अपनाउनुपर्नेछ।

मेष- मेष राशिका लागि सन् २०२४ धेरै समस्या ल्याउने छ । यस राशिका व्यक्तिहरूले अर्को वर्ष धेरै समस्याहरूको सामना गर्नुपर्ने हुन सक्छ। तपाईंको करियरमा धेरै बाधाहरू आउन सक्छन् । आगामी वर्ष व्यापारमा पनि केही घाटा व्यहाेर्नु पर्नेछ ।

मिथुन- यस राशिका व्यक्तिहरूले सन् २०२४ मा आर्थिक समस्याको सामना गर्नुपर्ने हुनसक्छ। नयाँ वर्षमा तपाईले आर्थिक समस्याकाे सामना गर्नुपर्नेछ । २०२४ को शुरुवातमा पार्टनरसँगको सम्बन्ध बिग्रन सक्छ। तपाईं दुईबीच दूरी पनि आउन सक्छ। करियर सम्बन्धी निर्णय धेरै सोचेर लिनुपर्छ ।

सिंह राशि- सन् २०२४ मा तपाईको सिंह राशिका व्यक्तिहरूले काममा धेरै प्रकारको बाधा व्यवधानको सामना गर्नुपर्नेछ। तपाईंले यो वर्षभर राहुको महादशाको सामना गर्नुपर्ने हुन सक्छ। व्यापार तथा व्यक्तिगत जीवनमा उतारचढाव आउनेछ ।

कन्या राशि- सन् २०२४ मा कन्या राशिका व्यक्तिहरूलाई स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्छ। यो राशिका मानिसहरुमा शनिको स्थिति भारी रहनेछ । धेरै मामिलामा कठिनाइको सामना गर्नु पर्नेछ। करियरमा सफलताको लागि लामो समय पर्खनु पर्नेछ। दाजुभाइसँगको सम्बन्ध पनि बिग्रन सक्छ।

मीन राशि- मीन राशिका लागि सन् २०२४ उतारचढाव भरिपूर्ण रहनेछ। यो वर्ष तपाईलाई मानसिक र आर्थिक रूपमा घाटा हुन सक्छ। वैवाहिक सम्बन्धमा पनि तनाव बढ्नेछ। यो राशिका व्यक्तिहरुको भाग्यले साथ दिनेछैन । सफलता प्राप्त गर्न कडा परिश्रम गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट