महानगरले हटायो १५७ जना स्वयम सेवक शिक्षक-Sutra News

महानगरले हटायो १५७ जना स्वयम सेवक शिक्षक

बुधबार, ४ पौस २०८०

बुधबार, ४ पौस २०८०

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरले पुस १ गतेदेखि लागू हुने गरी स्वयम सेवक शिक्षकलाई सेवाबाट हटाएको छ ।



महानगरका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईका अनुसार महानगर क्षेत्रभित्रका सम्पूर्ण सामूदायिक विद्यालयमा कार्यरत सबै स्वयम सेवक शिक्षकलाई हटाइएको जानकारी दिए ।

नगर शिक्षा समितिको मंगलबार बसेको बैठकले सामूदायिक विद्यालयमा कार्यरत सम्पूर्ण स्वयम सेवक शिक्षकलाई हटाउने निर्णय गरेको थियो ।

महानगरले गत साउन १ गतेदेखि आधारभूत तह र माध्यमिक तहमा १५७ स्वयम सेवक शिक्षक राखेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट