तीन वर्षमै दोस्रो बन्यो डिस मिडिया, कुन कम्पनीको ग्राहक कति ?-Sutra News

तीन वर्षमै दोस्रो बन्यो डिस मिडिया, कुन कम्पनीको ग्राहक कति ?

सोमबार, २ पौस २०८०

सोमबार, २ पौस २०८०

काठमाडौं । स्थापनाको तीन वर्षमै डिस मिडिया नेटवर्क इन्टरनेट ग्राहक संख्याको हिसाबले दोस्रो बनेको छ । नेपाल दुरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार २०७७ मा स्थापना भएको डिस मिडिया नेटवर्क इन्टरनेट प्रयोगकर्ताको संख्याका आधारमा दोस्रो ठूलो कम्पनी बनेको हो ।



गत भदौसम्मको तथ्यांकअनुसार डिस मिडिया नेटवर्कको इन्टरनेट प्रयोगकर्ताको संख्या ३ लाख १७ हजार नाघेको छ । जबकी २०७९ को भदौसम्म कम्पनीको इन्टरनेट प्रयोगकर्ताको संख्या १ लाख ५५ हजार थियो । कम्पनीले करिब दोब्बरले दरले संख्या बढाएको छ ।

प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा सबैभन्दा धेरै वर्ल्डलिन्क कम्युनिकेसनका इन्टरनेटका प्रयोगकर्ता छन् । भदौसम्मको तथ्यांकअनुसार वर्ल्डलिन्कका इन्टरनेट प्रयोगकर्ताको संख्या ८ लाख ११ हजार छ ।

योबीचमा सरकारी लगानीको नेपाल दुरसञ्चार कम्पनीको अवस्था भने निकै खस्किएको छ । २०७६ सम्म वल्र्डलिङ्कसँग प्रतिस्पर्धीको रुपमा देखिएको दुरसञ्चार त्यसयता सुस्ताएको छ । गत भदौसम्मको तथ्यांकअनुसार दुरसञ्चार कम्पनीको इन्टरनेट प्रयोगकर्ताको संख्या जम्मा २ लाख ९५ हजार छन् ।

प्राधिकरणको तथ्यांकअनुसार अघिल्लो भदौमा प्राधिकरणको इन्टरनेट प्रयोगकर्ताको संख्या २ लाख ९१ हजार थियो ।

४ वर्षको तुलनात्मक रिपोर्ट, कुनको ग्राहक कति ?

२०८० भाद्रसम्मको

वर्ल्डलिन्क कम्युनिकेसन : ८ लाख ११ हजार

डिस मिडिया नेटवर्क : ३ लाख १७ हजार

नेपाल दुरसञ्चार कम्पनी : २ लाख ९५ हजार

क्लासिक टेक : २ लाख ८५ हजार

सुबिसु केवल नेट : २ लाख ८३ हजार

भायोनेट कम्युनिकेसन : २ लाख ६४ हजार

वेब सफर : १ लाख ५३ हजार

टेकमाइन्ड नेटवर्क : १ लाख १७ हजार

२०७९ भाद्रसम्मको

वर्ल्डलिन्क कम्युनिकेसन : ६ लाख ८१ हजार

डिस मिडिया नेटवर्क : १ लाख ५५ हजार

नेपाल दुरसञ्चार कम्पनी : २ लाख ९१ हजार

क्लासिक टेक : २ लाख ४२ हजार

सुबिसु केवल नेट : २ लाख ४१ हजार

भायोनेट कम्युनिकेसन : २ लाख ४० हजार

वेब सफर : १ लाख

टेकमाइन्ड नेटवर्क : १ लाख ७ हजार

२०७८ भाद्रसम्मको

वर्ल्डलिन्क कम्युनिकेसन : ५ लाख ४३ हजार

डिस मिडिया नेटवर्क : २९ हजार

नेपाल दुरसञ्चार कम्पनी : २ लाख ९३ हजार

क्लासिक टेक : १ लाख ६० हजार

सुबिसु केवल नेट : २ लाख ३४ हजार

भायोनेट कम्युनिकेसन : १ लाख ६० हजार

वेब सफर : ७४ हजार

टेकमाइन्ड नेटवर्क : ६९ हजार

२०७७ भाद्रसम्मको

वर्ल्डलिन्क कम्युनिकेसन : ३ लाख ९४ हजार

डिस मिडिया नेटवर्क : सुरुवात भएको वर्ष ।

नेपाल दुरसञ्चार कम्पनी : २ लाख ४९ हजार

क्लासिक टेक : १ लाख १० हजार

सुबिसु केवल नेट : १ लाख ४६ हजार

भायोनेट कम्युनिकेसन : १ लाख १३ हजार

वेब सफर : १८ हजार

टेकमाइन्ड नेटवर्क : ४२ हजार

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट