मेष र सिंहकाे दिन निकै लाभदायक, अन्यकाे कस्ताे ?-Sutra News

मेष र सिंहकाे दिन निकै लाभदायक, अन्यकाे कस्ताे ?

शुक्रबार, १ मंसिर २०८०

शुक्रबार, १ मंसिर २०८०

आज मिति २०८० साल मंसिर १ गते शुक्रबार । तदनुसार नाेभेम्बर महिनाको १७ तारिख २०२३ । कार्तिक शुक्ल पक्ष चतुर्थी तिथि । आज बिहान ६ बजेर २५ मिनेट जाँदा काठमाडाैं उपत्यकामा झुल्किएको घाम भरे साँझ ५ बजेर ११ मिनेटमा अस्ताउने छ ।



मेष
विशेष अवसरले आत्मबल बढ्नेछ र काममा सफलता प्राप्त हुनेछ। छोटो समयमा फाइदा उठाउन सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ।

वृष
प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। पुरुषार्थले प्रतिस्पर्धीहरूको मनोबल कमजोर पार्न सकिनेछ।

मिथुन
अवसर र व्यवधानको उतारचढावबाट न्यून प्रतिफल हातपार्न सफल भइनेछ। धैर्य एवम् लगनशीलताले मात्र उपलब्धि प्राप्त हुनेछ। कामको मेसो नमिल्दा व्यवहारमा पछि परिनेछ।

कर्कट
निर्णय लिएर पनि परिस्थितिअनुसार चल्न नसक्ता पछि परिनेछ। पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ।

सिंह
नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ। लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ।

कन्या
आत्मविश्वासको कमीले पछि परिएला। काममा बलजफ्ती गर्दा पनि समस्यामा परिनेछ। ईर्ष्या गर्नेहरूबाट जोगिएर अघि बढ्नुहोला। शुभचिन्तकहरूको भावनालाई विचार गरेर काम सुरु गर्दा फाइदा हुनेछ।

तुला
बिछोडिएका आफन्तसँग भेटघाट हुने समय छ। पारिवारिक जमघट भए पनि समय रमाइलो नरहन सक्छ। अस्वस्थताले लक्ष्यअनुसार काममा जुट्न नसकिएला। अप्ठ्यारा परिस्थिति सुल्झाउनमै समय बित्नेछ।

वृश्चिक
अवसरका लागि निकै दौडधुप गर्नुपर्ला। बेसुरमा खर्च गर्ने बानीले समस्या निम्त्याउनेछ। अर्थअभावले विशेष काम रोकिन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ ।

धनु
सुरुमा रोकिएको काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। आयआर्जनका स्रोत बढ्नेछन्। आवश्यक भौतिक साधन पनि जुट्नेछन्।

मकर
कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। साइनो गाँस्नेहरूबाट जोगिएर काम गर्नुहोला। आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ।

कुम्भ
परिस्थितिवश केही समस्यामा अल्झनुपर्ला। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। फाइदा सामान्य भए पनि तारिफयोग्य काम थालनी हुनेछ। धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला।

मीन
अस्वस्थताले कमजोर अनुभूति हुनेछ। भौतिक साधनको कमीले काम रोकिन सक्छ। बेसुरको निर्णयले समस्या आउला। परिस्तिथिवश योजना स्थगित गर्नुपर्ला। अप्रिय समाचारले मन खिन्न बनाउला।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट