सिटिजन्स बैंकको मोबाइल बैंकिङ एपमा नयाँ फिचर थप-Sutra News

सिटिजन्स बैंकको मोबाइल बैंकिङ एपमा नयाँ फिचर थप

बुधबार, १ कार्तिक २०८०

बुधबार, १ कार्तिक २०८०

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले मोबाइल बैंकिङ एपमा नयाँ सुविधा थप गरेको छ । डिजिटल बैंकिङलाई प्राथमिकतामा राख्दै आएको बैंकले हालको मोबाइल बैंकिङ एपमा सेवा थप गरेको हो ।



अब ग्राहकहरुले मोबाइल बैंकिङ एपमार्फत् नै मुद्दती खाता खोल्ने, चेक रोक्का गर्ने, डेबिट कार्ड प्राप्त गर्न निवेदन दिने, कार्ड ब्लक गर्ने, पिन रिसेट गर्ने, क्रेडिट कार्डको सीमा हेर्ने जस्ता सुविधाहरु थप गरेको जनाएको छ ।

बैंकले आफ्ना विशेष ग्राहकहरुलाई लक्षित गरी मोबाइलमार्फत् नै प्रिभिलेज बैंकिङ सेवा समेत शुरु गरेको छ । यस अघि बैंकले विभिन्न प्रिभिलेज काउन्टरहरु मार्फत् प्रिभिलेज बैंकिङ सेवा प्रदान गर्दै आइरहेकोमा अब मोबाइल बैंकिङ एप मार्फत् नै प्रिभिलेज सेवाहरु प्रदान गर्ने जनाएको छ । सेवाअन्तर्गत ग्राहकहरुले बैंकका तोकिएका सम्पर्क अधिकृतहरु मार्फत बिना झन्झट बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन् ।

सिटिजन्स स्मार्ट मोबाइल बैंकिङ एपलाई नयाँ युजर इन्टरफेसमा अपग्रेड गरिएको छ । जसले प्रयोगकर्ताको अनुभव बढाउने बैंकको विश्वास छ । लागू गरिएको नयाँ डिजाइन प्रयोगकर्तामैत्री बनाइएको भन्दै नेपालपे क्यूआरमार्फत् व्यापारीहरूलाई क्युआर स्क्यान गरी भुक्तानी गर्ने सुविधा पनि थपिएको बैंकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट