ग्लोबल आइएमईले डिजिटल कारोबारमा छुट दिने, तीनदेखि पाँच सय तत्कालै नगद फिर्ता-Sutra News

ग्लोबल आइएमईले डिजिटल कारोबारमा छुट दिने, तीनदेखि पाँच सय तत्कालै नगद फिर्ता

आइतबार, २८ असोज २०८०

आइतबार, २८ असोज २०८०

काठमाडौं । ग्लोबल आइएमई बैंकले वडा दशैंको अवसरमा ‘ग्लोबल आइएमई बैंकको साथमा दशैं रमाईलो’ भन्ने नारा सहित विभिन्न डिजिटल कारोबारहरुमा छुट तथा क्यासब्याक योजनाहरु सार्वजनिक गरेको छ । बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहक महानुभावहरुले आफुलाई आवश्यक सरसामानहरु खरिद गर्दा बैंकको कार्ड प्रयोग गरी पोओएस मेसिनबाट भुक्तानी गर्दा तीन सयदेखी पाँच सय रुपैयाँसम्मको नगद फिर्ता हुनेछ ।



नगद फिर्ता योजना मार्फत् बैंकको डेबिट तथा क्रेडिट कार्ड भएका ग्राहकले उक्त योजना अवधिभर कम्तीमा एक हजारको तीन वटा कारोबार गरेमा तीन सय तथा पाँच वा सोभन्दा बढी कारोबार गरेमा पाँच सय नगद फिर्ता हुुने बैंकले जनाएको छ ।

null

असोज २८ घटस्थापनाको दिनदेखि कात्तिक ७ गते बडा दशैंको दिन सम्म लागू हुनेछ । साथै, बैंकले आफ्नो मोबाईल बैंकिङ प्रयोगकर्तालाई लक्षित गरी छुट योजना पनि सार्वजनिक गरेको छ ।

उक्त योजना अन्तर्गत बैंकका मोबाईल बैंकिङ प्रयोगकर्ताले आफुलाई आवश्यक सरसमानहरु खरिद गर्दा क्यूआर कोड स्क्यान मार्फत भुक्तानी गर्दा दशैं प्रोमो कोड प्रयोग गरी खरिद मूल्यमा १० प्रतिशत वा अधिकतम तीन सय रुपैयाँसम्म नगद छुुट पाउनेछन् । उक्त योजना आइतबारदेखि टिकाको दिनसम्म लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट