गरिमाको डेबिट/क्रेडिट कार्डमा २० प्रतिशत क्यासब्याक-Sutra News

गरिमाको डेबिट/क्रेडिट कार्डमा २० प्रतिशत क्यासब्याक

आइतबार, २८ असोज २०८०

आइतबार, २८ असोज २०८०

काठमाडौं । नेपालीहरूको महान् चाड बडादशैंलाई लक्ष्य गरी गरिमा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि कुनै पनि सामान खरिद गरी विकास बैंकको डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २ सय नगद फिर्ता योजना सार्वजनिक गरेको छ ।



यस योजनाअन्तर्गत बैंकको डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताले विकास बैंकको एउटा कार्डबाट अधिकतम २ सयसम्म नगद फिर्ता पाउन सक्नेछन् ।

नगदरहित कारोबारलाई प्रोत्साहन एवं प्रवद्र्धन हेतु सार्वजनिक गरिएको यस योजनाको अवधि २८ असोज २०८० देखि ७ कात्तिक ०८० सम्म छ ।

साथै, गरिमा विकास बैंकले आफ्ना ग्राहकको दशैं किनमेललाई थप सहजीकरण गर्दै क्रेडिट कार्डमा किस्ताबन्दीको सुरुवात पनि गरिसकेको छ ।

हाल, गरिमा विकास बैंकले देशभर १२२ शाखा कार्यालय तथा ५० एटिएम एवं विभिन्न डिजिटल बैकिङमार्फत् सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट