भृकुटीमण्डपमा स्टक क्लियरेन्स मेला : सामान खरिदमा ५० प्रतिशतभन्दा बढी छुट-Sutra News

भृकुटीमण्डपमा स्टक क्लियरेन्स मेला : सामान खरिदमा ५० प्रतिशतभन्दा बढी छुट

शुक्रबार, २६ असोज २०८०

शुक्रबार, २६ असोज २०८०

काठमाडौं । दशैंको अवसर पारेर राजधानीको भृकुटीमण्डपमा छैठौं संस्करणको स्टक क्लियरेन्स मेला ‘ग्राण्ड सेल’ शुरु भएको छ । २९ गतेसम्म चल्ने मेला बिहान १० देखि साँझ ६ बजेसम्म सञ्चालन हुने व्यवस्था गरिएको छ ।



दशैंको लागि सस्तो मूल्यमा वस्तु तथा सेवा एकै छानामुनी उपलब्ध गराउने उद्देश्यका साथ इभेण्ट सोलुसन प्रालिले मेला आयोजना गरेको हो ।

बजारको तुलनामा दैनिक उपभोग्य सामानहरु सस्तोमा उपलब्ध हुने इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले जानकारी दिए । ‘एकै छानामुनी सुपथ मूल्यमा आम उपभोक्तालाई दशैंको किनमेल गराउने उद्देश्यले मेला आयोजना गरिएको हो,’ प्रधानले भने ।

नेपाल, भारत, चीन, बंगलादेश, पाकिस्तान, मलेसिया, जापानसहित अन्य युरोपेली मुलुकमा उत्पादित सामानहरुको बृहत मेलामा सामान खरिद गर्ने ग्राहकले ५० प्रतिशतभन्दा बढी दशैं विशेष छुट पाउने छन् । नेपाली उत्पादनमा विभिन्न किसिमका अफरहरु पनि सञ्चालन गरिएको मेला २९ गतेसम्म आयोजना हुनेछ ।

वर्षेनी आयोजना हुँदै आएको एक्स्पोलाई यस पटक पनि निरन्तरता दिँदै ‘दशैंको बेला सस्तो मेला’ नारा दिइएको इभेण्ट सोलुसनले जनाएको छ । मेलामा दशैंका लागि आवश्यक सबै प्रकारका सामग्रीहरु सस्तो मूल्यमा किनमेल गर्न सकिने प्रधानको भनाई छ ।

मेलामा कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स, मोटरसाइकल र होम अप्लाइन्सेज लगायतका स्टलमा उपभोक्ताका आवश्यकता अनुसारका सामानहरु उपलब्ध गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट