लक्ष्मी सनराइजको ‘दशैं आयो’ योजना : विभिन्न भुक्तानीमा १० प्रतिशतसम्म क्यासब्याक-Sutra News

लक्ष्मी सनराइजको ‘दशैं आयो’ योजना : विभिन्न भुक्तानीमा १० प्रतिशतसम्म क्यासब्याक

बिहिबार, २५ असोज २०८०

बिहिबार, २५ असोज २०८०

काठमाडौं । लक्ष्मी सनराइज बैंकले ‘दशैँ आयो’ योजना ल्याएको छ । उत्साह र उमङ्ग सहित मनाइने महान चाड दशैंलाई लक्षित गरी विभिन्न अफरहरु सहित लक्ष्मी सन्राइज बैंकले ‘दशैं आयो’ योजना ल्याएको छ । दशैंको उपलक्ष्यमा अझ उत्साह र रमाईलो थप्न यो योजना ल्याइएको हो ।



असोज १८ देखि कार्तिक ३० गतेसम्म लागू हुने यस योजना अन्तर्गत लक्ष्मी सन्राइज बैंकको मोबाइल मनि, डेबिट कार्ड तथा क्रेडिट कार्ड प्रयोगमा विभिन्न प्रकारका क्यासब्याक प्राप्त गर्न सकिनेछ । परम्परागत रूपमा दशैंमा गरिने गतिविधीहरुलाई थप उत्साह प्रदान गर्न जस्तै मिठो खानपिन, भ्रमण, सपिङ तथा रमाईलोलाई ध्यानमा राखी सो योजना ल्याइएको बैंकले जनाएको छ ।

पहिलो अफर ‘घुम्न जाउँला’ मा लक्ष्मी सन्राइज बैंकको मोबाइल मनि प्रयोग गरी बस र हवाई टिकट खरिद गर्दा क्रमशस् २५० र ५०० को क्यासब्याक पाउन सकिनेछ । यो अफर असोज १८ गते देखि कात्तिक ९ गते सम्म लागू हुनेछ भने क्यासब्याक प्राप्त गर्नका लागि मोबाइल मनि मार्फत् टिकट काट्नुका साथै सो अवधि भित्र कुनै एक बिल भुक्तानी पनि गर्नु पर्नेछ ।

अर्को अफर ‘सपिङ गरौँला’मा भाटभटेनी सुपरमार्केटमा सामान खरिद गरी क्रेडिट कार्ड मार्फत् भुक्तानी गर्दा १० प्रतिशत वा बढीमा एक हजार रुपैयाँसम्मको क्यासब्याक पाउन सकिनेछ । सो योजना असोज २७ गते देखि कात्तिक ३ गते सम्म लागू रहने बैंकले जनाएको छ ।

यसै गरी ‘खाउँला पिउँला’ योजनामा असोज् २८ गते देखि कात्तिक १२ गते सम्म फुडमान्डु एप बाट अर्डर गरी लक्ष्मी सन्राइज बैंकको डेबिटर क्रेडिट कार्ड वा मोबाइल मनिबाट अन्लाइन भुक्तानी गर्दा प्रति दिन प्रति व्यक्ति २० प्रतिशत वा बढीमा २०० रुपैयाँसम्म क्यासब्याक पाउन सकिनेछ । यसै अफर अन्तर्गत केएफसीको तथा पिज्जा हटका कुनै पनि आउटलेटमा डेबिट कार्ड वा क्रेडिट कार्ड को ‘ट्याप एण्ड पे’ फिचर प्रयोग गरी भुक्तानी गर्दा प्रति दिन प्रति व्यक्ति २० प्रतिशत वा बढीमा ५०० रुपैयाँसम्म क्यासब्याक पाइने छ ।

त्यसैगरी, ‘रमाईलो गरौँला’ अफर अन्तर्गत क्युएफएक्स सिनेमा हलहरुमा टिकट खरिद गर्दा लक्ष्मी सन्राइज बैंकको डेबिट र क्रेडिट कार्ड वा मोबाइल मनि मार्फत् भुक्तानी गर्दा २५ प्रतिशत वा बढीमा ५०० रुपैयाँसम्म एक पटक क्यासब्याक प्राप्त गर्न सकिनेछ । यो योजना कात्तिक महिनाभरी लागू हुनेछ ।

क्यासब्याक अफरहरु बाहेक असोज २५ गते देखि कात्तिक २५ गते सम्म विदेशबाट रेमिट्यान्स पठाउँदा ५०१ रुपैयाँ दक्षिणा प्राप्त गर्न सकिनेछ । यो योजना ‘मेरो भूमि’ रेमिट्यान्स खातावाला ग्राहकहरुका लागि ५० हजार रुपैयाँ भन्दा बढी रेमिट्यान्स पठाउँदा मात्र मान्य हुनेछ । सबै योजनाहरुमा क्यासब्याक अफर सकिएपछि प्रदान गरिनेछ ।

लक्ष्मी सन्राइज बैंकका सेवाग्राहीका लागि यो ‘दशैं आयो’ योजना दशैंका विभिन्न खर्च तथा गतिविधिमा क्यासब्याकको लाभ लिई दशैंलाई अझ रमाइलो बनाउने सुनौलो अवसर हो । अफरहरु बारे विस्तृत जानकारीका लागि फेसबूक र इन्स्टाग्रामलगायतका सोसल मिडिया फलो गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट