सिद्धार्थ बैंकको लाभांश घोषणा, बाेनस र नगद कति ?-Sutra News

सिद्धार्थ बैंकको लाभांश घोषणा, बाेनस र नगद कति ?

बिहिबार, २५ असोज २०८०

बिहिबार, २५ असोज २०८०

काठमाडाैं । सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७९–८०काे मुनाफाबाट लगानीकर्ताका लागि लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेकाे हाे ।



बैंकले हाल कायम चुक्तापुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १९० रुपैयाँको ४.२१ प्रतिशतले हुन आउने ५९ करोड ३१ लाख ८८ हजार १६६ रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

अघिल्लो वर्ष २०७८–७९मा बैंकले कुल १३.१६ प्रतिशत लाभांश वितरण गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट